२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

दाेस्राे भाेटेकाेशी कायाकिङ प्रतियाेगिता सुरु


  • २०८० फागुन २९, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • १०७७ पाठक संख्या
  • सिन्धुपाल्चोक । दाेस्राे भाेटेकाेशी कायाकिङ प्रतियाेगिता मंगलबार देखि सुरुभएकाे छ । भाेटेकाेशी एडभेन्चर क्लवकाे आयाेजनामा भएको प्रतियाेगिता काे बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उद्घाटन गरेका छन् ।

    ३२ जना प्रतियाेगी सहभागी रहेकाे क्लवका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिए। जसमध्ये ३ जना महिला सहभागी छन् ।
    स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभर रेष्ट गरि चार विधामा हुने प्रतियाेगितामा सिन्धुपाल्चोक, नुवाकाेट र धादिङका रिवर गाईडहरुकाे सहभागिता रहेकाे छ ।

    प्रतियाेगिताकाे उद्घाटन गर्दै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले पर्यटन व्यवसायकाे प्रवर्दन गर्न गाउँपालिका लागिपर्ने बताए । सुनकाेशी र ब्रह्मायणी नदि किनारलाई पर्यटनको हब निर्माणकाे लागि बिस्तृत प्याकेजकाे व्यबस्था गरिने उनकाे भनाई थियाे ।
    सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले यस खालका प्रतियाेगिताले नदि पर्यटनकाे प्रवर्दन हुनुका साथ सिपमा निखरता आउने बताए ।

    उद्घाटन समाराेहमा चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष बिमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगाएतकाले मन्तब्य राखेका थिए । बलेफी गाउँपालिका मुख्य प्रायाेजक रहेकाे प्रतियाेगिता बुधबार समापन हुने छ ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट