२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न


  • न्युज कोशी
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित ९ महिना अघि
  • २१० पाठक संख्या
  • सिन्धुपाल्चोक । मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आआफ्नो महत्त्व हुने भएकालेे खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए।

    आगामी मेयरकप  भलिबल,फुटबल,ब्याडमिन्टन,कराँते, म्याराथन लगायतको खेल खेलाइने जानकारी दिए । मेयर तामाङले नियमित रुपमा खेलकुदमा आवद्ध हुनुपर्ने भन्दै क्रियाशिल भएर लागेमा सबैले सबै खेल खेल्न बताए ।

    कार्यक्रमका प्रमुख अतिथि तामाङले प्रतियोगितामा विजेताहरुलाई बधाई दिदै आगामी दिनमा पनि सफलताको लागी सुभकामना व्यक्त गरे । कार्यक्रममा मेलम्ची -७ अध्यक्षका अध्यक्ष पासाङ तामाङले खेल मार्फत स्वास्थ्य रहन मद्धत गर्ने र एकेडेमीले गरिरहेको सामाजिक कामको प्रशंसा गरे ।

    उनले नेपाल बैंक मेलम्चीका म्यानेजर रोशन तिवारीको यो समय सम्मको सेवाकालागि आभार व्यक्त गरे । उनले दुवाचौर वडा कार्यालयमै ब्यबस्थापन गरेर ब्यबस्थित गरि कोर्ट बनाएर हामि पनि दुवाचौर ब्याडमिन्टन एकेडमी मार्फत लागेको बताए ।

     एकेडेमीका सचिव ऋषि नेपालले चैतमा तेस्रो मेयरकप ब्याडमिन्टन गर्ने जानकारी दिदै महिला सहभागी गराउने प्रयास गर्ने बताए । एकेडेमीमाका अध्यक्ष कुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सापकोटाले रोशन तिवारी जस्तो सामाजिक ब्यक्तिलाई बिदाइ गर्न पर्दा दु:ख लागेको बताए । उनले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरे ।
    साधारणसभाको अवसरमा ब्याडमिन्टन एकेडेमी मेलम्चीका सदस्य एवम नेपाल बैंक मेलम्चीका निवर्तमान प्रबन्धक रोशन तिवारीलाई बिदाइ गरिएको छ । मेलम्ची बाट चित्लाङ सरुवा हुनुभएको तिवारीलाई एक कार्यक्रमका बिच आज सम्मान गर्दै बिदाइ गरिएको हो ।

    कार्यक्रममा बिभिन्न प्रतियोगिता बिजेता किसन दुलाल र राजन श्रेष्ठको जोडिलाई सम्मान गरिएको थियो भने क्रीकेट संघ सिन्धुपाल्चोकको सचीव हुनुभएकोमा राजु सापकोटालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एकेडेमीका सल्लाहकार सिपि दुलालले स्वागत मन्तव्य राखे ।

    नगरले कबर्ड हल बनाउन सहयोग गरेको र टेन्डर आह्वान भएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो उनले रोशन तिवारी मेलम्ची बसेर धेरै कुरा सिकियो स्मरण गर्दै धन्यवाद भन्दै आगामी दिनमा सफलताको कामना गरे । त्यस्तै राधाकृष्ण श्रेष्ठले खेल संगै सामाजिक कार्यमा लागेकोमा आभार व्यक्तगर्दै सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    त्यस्तै मेलम्ची टारमा लक्ष्मण दुलालले कार्यालय स्थापनाका लागी १ कोठा निशुल्क उपलब्ध गराउने बताए । त्यस्तै नगर प्रमुख आइतमान तामाङले कार्यालय स्थापनाका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट