२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

हेलम्बुमा स्वास्थ्य शिवीर


  • न्युज कोशी
  • २०८० माघ २९, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ३०४ पाठक संख्या
  • हेलम्बुमा भएको स्वास्थ्य शिविरमा ६०४ ले लिए सेवा हेलम्बु गाउँपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ६०४ जनाले सेवा लिएका छन । हेलम्बु गाउँपालिकाको आयोजना तथा कोरिया नेपाल मैत्री अस्पतालका डाक्टरहरुको प्राबिधिक सहयोग तथा डुनामिस चर्च हेलम्बुको समन्वयमा आइतबार र सोमबार स्वास्थ्य शिविर गरिएको हो ।

    हेलम्बु -४ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको उक्त शिविरमा साधारण चेक जाँच भिडियो एक्सरे सेवा अक्कुपन्चर सेवा दाँत निकाल्ने सफा गर्ने सामान्य शल्यक्रिया हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिए ।

    हर्निया , हाइड्रोसिल लगायत शल्यक्रिया गर्नु पर्ने १८ जनालाई बिमा बापतको प्रति व्यक्ति रु ३५०० प्रदान गरिने जोतिले बताए ।हेलम्बुका ८ र मेलम्चीका १० जनालाई बिमा गरे पश्चात् उक्त रकम दिइने उनको भनाई छ । ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट