२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

मेलम्ची गुफाडाँडा पर्यटकीय मार्गकाे स्तर उन्नति हुँदै


  • न्युज कोशी
  • २०८० माघ १०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ३३२ पाठक संख्या
  • देवराज सुवेदी
    मेलम्ची — ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको शिलान्यास गरिएको छ ।बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

    मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीेले सडक कालो पत्रे, ढलान लगायतको काम गर्न लागेको हो ।

    शिलान्यास कार्यक्रममा वडा नं. ९ र १० का वडाअध्यक्षहरु किरणदिप खड्का र अमृत खनाल तथा वडा नं. १० का पूर्व वडाअध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो ।

    जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेट बाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगर प्रमुख तामाङले बताए ।उनले संघ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न संघ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह समेत गरे ।

    सडक निर्माणको क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई अाग्र गरे ।वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले क्रमसः गुफाडांडा सम्म सडक कालोपत्रे तथा ढलान गरिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट