२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

कूपकन्या मावि मांखाले मनायो ६५ औं वार्षिक उत्सव


  • २०८० माघ २५, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ३६१ पाठक संख्या
  • सिन्धुपाल्चोक – कूपकन्या मावि मांखा बलेफी–६ को ६५ औं वार्षिक उत्सव समारोह तथा अभिभावक भेला विहिवार सम्पन्न भएको छ । प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद माधव सापकोटाको प्रमुख आतिथ्यतामा भएको सभामा बागमती प्रदेश सांसद अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा नं.६ का अध्यक्ष तेज बहादुर पराजुली, वडा नं.८ का अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राखेका थिए । त्यसैगरि पूर्व शिक्षक विष्णुप्रसाद आचार्य एवं हरेराम कमेईराला र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष टुमराज कोईराला लगाएतकाले मन्तव्य राखेका थिए ।

    समारोहको अवसरमा कूपकन्या मावि मांखाका स्थानीय तथा पूर्व शिक्षक विष्णुप्रसाद आचार्यले पुस्तकालय निर्माणका लागि ६ लाख रुपिंया आर्थिक सहयोग प्रदान गरेका छन् । आफ्नो स्वर्गीय छोरा पुस्कर आचार्यको नाममा पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेका हुन् ।

    विद्यालयमा छात्रावृति कोष स्थापना गर्ने ३० जनालाई सम्मान गरिएको थियो । समारोहमा विद्यार्थीहरुले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरु घनस्याम तिमिल्सिना, कुमार चालिसे, चन्द्रवती नेपाली, सुदिप गोले, दिल पौडेल र कपिल काफ्लेले गित तथा प्रस्तुति गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबादुर तामाङको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक विवेक तामाङले वार्षिक प्रगति विवरण पेश गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट