२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

“विधायकसग बिद्यार्थी” स्कूक स्कूलमा सांसद सापकोटा


  • २०८० पौष २६, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ५७६ पाठक संख्या
  • सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं.१ का सांसद माधब सापकोटा स्कूल स्कूलमा पुगेका छन् । विधायकसग बिद्यार्थी कार्यक्रम अन्र्तगत विहिवार उनि श्री जालपादेवि माध्यमिक बिद्यालय बलेफी–४ विन्जेलमा पुगेका हुन । सांसद सापकोटाले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसंग बिद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिको सम्बन्धमा अन्र्तक्रिया गरेका छन् ।

    प्रतिनिधि सभा सदस्य सापकोटा विहान विद्यार्थी संगै प्रार्थनामा सरिकभई कक्षा कोठाम पुगेर विद्यार्थीसंग विधायिकी कार्यबारे छलफल गरेका छन् । संसदको बर्षे अधिवेशन सकिएर हिउँदे अधिवेशन सुरु नभएको समयमा ‘जनतासंग सांसद’ र ‘विद्यार्थीसँग विधायक’ कार्यक्रम लिएर निर्वाचन क्षेत्रमा रहेका सापकोटा अन्य थुप्रै विद्यालयमा पुग्ने कार्यक्रम रहेको सांसद सापकोटाले जानकारी दिए ।

    उनले जनताको प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने विधायकले संसदमा खेल्ने भूमिकामा बारेमा चर्चा गरे । विधायकका लागि तोकिएको काम, कर्तव्य र अधिकार हुने जानकारी गराएका उनले कानुन निर्माणमा सबैभन्दा ठूलो भूमिका हुने बताएका थिए । सांसद सापकोटाले नेपालमा वि.सं.२००७ सालपछिका उपलब्धिहरुका विषयमा संक्षिप्त चर्चा समेत गरेका थिए ।

    कक्षा कोठमा आएका विधायकलाई विद्यार्थीहरुले सांसदले निर्वाचन क्षेत्रदेखि संसद सम्म खेल्ने भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । विद्यालयका ९ देखि १२ कक्षाका १०० भन्दा बढी विद्यार्थी कक्षामा सहभागि भएका प्रधानाध्यापक नेत्रप्रसाद तिमिल्सिनाले बताए ।

    माननीयज्यूलाई ल्याएर विद्यार्थीसँग छलफल गराउनाले विद्यार्थीको मानसपटलमा बेग्लै सकारात्मक छाप बस्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पराजुलीले बताए । सांसद सापकोटासंग प्रविधि मैत्री सिकाई तथा स्कूल बसको ब्यबस्थापनका लागि सघाउन विद्यालय परिवारद्धारा आग्रह गरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट