२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

बलेफी गाउँपालिकाको सार्वजनिक सुनुवाइ, कृषि र पशु क्षेत्रमा लगानी बढाउन अधिकांशको माग


  • २०८० पौष २१, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ७१३ पाठक संख्या
    • बलेफी गाउँपालिकाले आ.व.०८०÷८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाद्धारा पहिलो चौमासिकमा सम्पादन गरेको कार्यको जानकारी दिने तथा सर्वसाधरण नागरिकको पालिकामाथिको गुनासो सम्वोधन गर्ने उद्देश्यसले सार्वजनिक सुनुवाई आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालले बताए ।
      सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि अधिकांशले कृषि र पशु विकास कार्यक्रमा लगानी बढाउन पालिकालाई सुझाए । सहभागि मध्ये बलेफी–४ का सुकदेव नेपालले पशु पालन तथा कृषि क्षेत्रमा अनुदान बढाउन आग्रह गरे । कृषकहरुले उत्पादन गरेको कृषि जन्य बस्तुको बजार ब्यबस्थापनको उपाय खोज्न आग्रह गरे ।

    बलेफी–२ का घमेश थापाले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रले सामान्य भन्दा सामान्य सेवा पनि दिन नसकेको गुनासो गरे । दिर्ग रोगीको नियमित जाँच गर्ने ब्यवस्था मिलाउनु पर्ने, विब्यस गठनमा पारदर्शिता अपनाउनु पर्ने लगाएतको माग राखेका थिए ।
    बालशिक्षा माविका प्रअ यदुनाथ नेपालले योजना तजुमा गर्दा नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरे । बलेफी–५ का कुमार लामाले उपभोक्ता समिति गठन गर्दा पारदर्शिता अपनाउनु आग्रह गरे । सोही ठाउँका चित्रबहादुर दमैले सरकारी विद्यालयको पढाई पूर्णरुपले निःशुल्क हुनु पर्ने, गाउँमा रहेका गार्मेन्ट आर्थिक अभावले चल्न नसकेकाले संचालनको लागि सघाउनु आग्रह गरे ।


    सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका दिर्गबहादुर सुवेदी, जालपादेबीका विब्यस सदस्य महेशकुमार नेपाल, विन्जेल दुग्ध उत्पादक सहकारीका सचिव मायाँनाथ नेपाल, शिक्षक गंगाप्रसाद पौडेल, बलेफी २ का राजिव हमाल, बलेफी ४ का जिवननाथ नेपाल, विद्यार्थीहरु आहाना तामाङ र सुस्मिता नेपाल लगाएतकाले गुनासो राखेका थिए ।


    गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लमा तामाङ, प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहाल, वडा नं.२ का अध्यक्ष छविप्रसाद न्यौपाने, वडा नं.३


    का अध्यक्ष रितेश तामाङ, वडा नं.४ का अध्यक्ष सूर्ये तामाङ र वडा नं.५ का अध्यक्ष यादव ठकुरीले जिज्ञासाको जवाफ दिएका थिए ।
    त्यस्तै शिक्ष अधिकृत सलबहादुर पाण्डे, लेखा अधिकृत बलकृष्ण दाहाल लगाएतका शाखा प्रमुखले नागरिकको गुनासोको सम्बोधन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट