२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

सेतीदेवि माविले मनायो ४५ औं जन्मोत्सव


  • २०८० पौष २१, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ५०६ पाठक संख्या
  • सेतीदेवि मावि बलेफी –४ गहतेको ४५ औं जन्मोत्सव समारोह बिहिवार विभिन्न कार्यक्रम गरि मनाईएको छ । बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङद्धारा उद्घाटन भएको समारोहमा विद्यालयका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
    समाजसेवी एवं माओवादी नेता प्रतापसिं तामाङको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहाद, शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डे, बालशिक्षा माविका प्रअ यदुनाथ नेपाल, जालपादेवी माविका प्रअ नेत्रप्रसाद तिमिल्सिना, लक्ष्मीदेवी माविका प्रअ हिरालाल न्यौपाने, विन्जेल प्राविका प्रअ रेशम बहादुर तामाङ र विब्यस पूर्व अध्यक्ष हरीबहादुर तामाङ लगाएतकाले मन्तब्य राखेका थिए ।
    वार्षिक उत्सव समारोहमा मन्तब्य राख्दै गाउँपालका अध्यक्ष तामाङले शिक्षा क्षेत्रको विकासकालागि गाउँपालिका लागिपरेको बताए । गुणस्तरीय शिक्षा आजको अनिवार्य शर्त भएकाले त्यसतर्फ ध्यान दिन र शिक्षामा गुणस्तर कायम गर्न आग्रह गरे । माओवादी नेता प्रतापसिं तामाङले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने धारणा राखेका थिए ।
    समारोहमा विव्यस पूर्वअध्यक्षहरु फूर्पा दार्जे तामाङ, प्रतापसिं तामाङ, हरीबहादुर तामाङ, मिमबहादुर तामाङ, विष्णुबहादुर तामाङ, मेनुका तामाङ र वर्तमान अध्यक्ष कालिप्रसाद लामा लगाएतकालाई सम्मान गरिएको थियो । विद्यालयका प्रअ कृष्णप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कालिप्रसाद लामाको अध्यक्षतामा भएको समारोहमा विद्यार्थीहरुले चेतनामूलक गित तथा नृत्य प्रस्तुत गरेका थिए भने लोक खैजेडी भजन समेत प्रस्तुत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट