२०८१ पौष २५, बिहिबार | Thu, 09, Jan, 2025

रविन्द्र केसीद्वारा लिखित कथासंग्रह ’सम्बन्धको दोबाटो’ विमोचन


  • २०८० पौष १५, आईतबार मा प्रकाशित १ साल अघि
  • १३१ पाठक संख्या
  • प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ’सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विमोचन गरेका छन् ।

    शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा आइजिपी कुँवरले उक्त कथासंग्रह विमोचन गरेका हुन् । लोकार्पण समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताए ।

    साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्र्तसम्बन्धित रहने चर्चा गर्दै नागरिकको सेवामा खटिँदा देखे÷भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरेको महानिरीक्षक कुँवरले उल्लेख गरे ।

    साहित्यकार डा. धुर्व चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसीको कथा यथार्त रबस्तुपरक रहेको चर्चा गरे ।

    समारोहमा राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको शैलिको प्रशंसा गरे ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकार तथा संचारकर्मीको बाक्लो उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट