२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

शिक्षाको विकास नै समृद्ध नेपालको आधार– मन्त्री मोहन बहादुर बस्नेत


  • २०८० पौष ११, बुधबार मा प्रकाशित १२ महिना अघि
  • १९२ पाठक संख्या
  • शिक्षाको विकास नै समृद्ध नेपालको आधार भएको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । बाल शिक्षा मावि खाडिचौरको ५९ औं वार्षिक उत्सवसमारोहको उद्घाटन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

    समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री मसिना खड्काले शिक्षा र स्वास्थ्यलाई संग संगै लान पर्ने बताईन् । समारोहमा अरनिको यातायात प्रालिका अध्यक्ष एवं बलेफी गाउँपालिकाका पूर्व अध्यक्ष केदार क्षेत्रीले बाबु नेत्रबहादुर र आमा गणेशमायाँ क्षेत्रीको तर्फवाट विद्यालयलाई बस हस्तान्तरण गरेका थिए ।

    समारोहमा प्रदेश सभा सदस्य अमृता नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष कमल नेपाल, एमालेका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता सुवास तिमिल्सिना, माओवादी केन्द्रका नेता रेशम कार्की र वडा अध्यक्ष गृविन्द्र चौलागाई लगाएतमाले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।

    समारोहमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले ५१ हजार, मन्त्री मसिना खड्काले २५ हजार, बलेफी गाउँपालिका वडा नं.७ का अध्यक्ष गृविन्द्र चौलागाईले विद्यालयलाई २ लाख, क्षमादेवी मावि बाह्रविसेका अध्यक्ष एवं कांग्रेसका नेता बुद्धराज बस्नेतले विद्यालयलाई एक लाख, कांग्रेस नेता सुवास तिमिल्सिनाले एक लाख एकहजार आर्थिक सहायोग प्रदान गर्ने घोषणा गरे ।

    समारोहमा शिक्षा पुरस्कार द्धारा पुरस्कृत शिक्षक हरेराम नेपाल, विद्यालयका संरक्षक तथा सहयोग दातालाई सम्मान गरिएको थियो , समारोहमा विद्यालयका प्रअ यदुनाथ नेपालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार नेपालको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट