२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

६८ औं प्रहरी दिवस मनाईयो


  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित १ साल अघि
  • २९८ पाठक संख्या
  • ३० असोज \ सिन्धुपाल्चोक
    “गर्वको साथ सेवा, सम्मानका साथ सुरक्षा” भन्ने नाराका साथ “६८ औं प्रहरी दिवस २०८०” सिन्धुपाल्चोक जिल्लामा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको दिवसमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको बताए । दशंै लगाएतको चाडमा नागारिकको आवागमन अत्यधिक हुनेभएकाले यात्रुको सुरक्षा, चोरी डकैती नियन्त्रण जस्ता घटना हुन नदिन प्रहरीलाई सजग हुन समेत न्यौपानेले आग्रह गरे ।

    सोही अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उत्कृष्ट कार्यसम्पादन गर्ने २२ जना प्रहरीलाई पुरस्कृत गरेको छ । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउन महत्वपुर्ण भुमिका खलेको भन्दै २२ जनालाई प्रहरीलाई पुरस्कृत गरिएको हो ।
    पुरस्कृत हुनेहरुमा प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टाई, प्रहरी निरीक्षक कमल बिष्ट, प्रहरी निरीक्षक राजेन्द्र थापामगर, प्रहरी सहायक निरीक्षक धन बहादुर कार्की , प्रहरी सहायक निरीक्षक हरीशरण बस्नेत, प्रहरी सहायक निरीक्षक धन नारायण श्रेष्ठ , प्र.ब.ह.दुर्गा बहादुर योञ्जन, प्र.ह. भुपेन्द्र केसी , प्र.ह. बासुजंग रायमाझी , रमेश भारती , भिमसेन थापा , प्र.स.ह. बिनोद खड्का, नबराज भुर्तेल, प्रमोद तामाङ, रिम बहादुर घले, प्रहरी जवान गन्दिप ब.कार्की, दिनेश रोक्का, सुस्मिता सापकोटा, अर्जुन कुमार वली, महेश कुमार दनुवार, रिता घिमिरे र प्र.का.स.भुपेन्द्र ब. कार्की रहेका छन् ।

    प्रहरीले दिवसकै अवसर पारेर जिल्लामा ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद तथा प्रमाणपत्र समेत वितरण गरेको थियो । भने सहिद प्रहरी परिवारलाई नगद सहित सम्मान गरिएको हो ।

    दिवसको अवसमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उप–प्रमुख सिता थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जिवन श्रेष्ठ, चौसागढी न.पा.वडा ५ का अध्यक्ष शिव श्रेष्ठ, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष लोकबहादुर पुरी लगाएतकाले मन्तब्य राखेका थिए । ‘

    कार्यक्रमलाई समापन गदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले नेपाल प्रहरीको सत्य ,सेवा सुरक्षणम् को सङ्कल्प हिजो पनि अटल थियो र आज पनि अटल रहिरहने बताए । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता व्यक्त गरे ।

    जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले प्रहरी दिवसको अवसर पारेर सुरक्षा चुनौती विषयमा टेलिभिजनमा टक सो कार्यक्रम, विभिन्न सार्वजनिक स्थान मठमन्दिरहरुमा सरसफाई कार्यक्रम र बिभिन्न खेल कुद प्रतियोगिता आयोजना गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट