२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

न्यौपानेको पहिलो कृति “हिँडिएका पाइलाहरु”


  • २०८० भाद्र ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • ५३८ पाठक संख्या
  • नेपाल सरकारको उच्च पदस्त अधिकारी भई निवृत हुनुभएका पूर्व सचिव पुण्यप्रसाद न्यौपानेको अनुभव र अनुभूतिहरुको साँगालो “हिँडिएका पाइलाहरु” नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार साहित्यकारहरु बामनप्रसाद न्यौपाने र शंकरप्रसाद कोइरालाले पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पित कृतिमाथि टिप्पणी गर्दै साहित्यकारहरु न्यौपाने र कोईरालाले प्रकाशित न्यौपानेको कृति “हिँडिएका पाइलाहरु” साहित्यिक शव्द जाल नभएर प्रशासनीक अनुभव र अनुभूतिको यथार्थ दस्तावेज भएको धारणा राखे ।

    सोचेर, गुनेर शव्द जाल बुन्नु भन्दा यस्ता खालका यथार्थ विषयबस्तहरु सरल भाषामा पस्कनु पाठकको लागि अति उपयोगी हुने धारणा टिप्पणी कर्ताहरुको थियो । टिप्पणीकार कोइरालाले परिवेश र प्रवृत्ति पुस्तकमा लिपिवद्ध गरेको उल्लेख गर्दै तत्कालिन समयका कतिपय पात्रहरुभने चिन्न नपाएको प्रति गुनासो व्यक्त गरे ।

    साहित्यपोष्ट प्रकाशक रहेको “हिँडिएका पाइलाहरु” को लोकार्पण कार्यक्रममा नेपालका प्रशासनिक सेवा क्षेत्रमा लामो समय कार्यरत पूर्व मुख्य सचिव लगाएत विशिष्ट पदाधिकारीहरु, बहालवाला कर्मचारीहरु, साहित्यकार एवं पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो । समारोहमा प्रोफेसर कपिल श्रेष्ठ, पुन्यप्रसाद दंगाल र सूर्यनाथ उपाध्याय लगायतले शुभकामना दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट