२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

तातोपानी नाका दुईतर्फीरुपमा संचालनमा


  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १ साल अघि
  • २३४ पाठक संख्या
  •  

    २०७२ सालको विनासकारी भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका दुई तर्फीरुपमा रुपमा संचालनमा आएको छ । भदौ १५ गते शुक्रबार (सेम्टेम्बर १) देखि सर्वसाधारणका लागि नाकामा दोहोरो आवागमन हुँनेगरि संचालनमा आएको हो । नाका खुल्ने खुसीमा मितेरी पुल र लिपिङ क्षेत्रमा भोटेकोशी गाउँपालिका, वडा नं.२, स्थानीय संघ संस्था तथा ब्यापारी संघ संस्थाले नाका क्षेत्रमा झकिझकाउ बनाइएका थिए ।

    नाका संचालनको दिन बिहानै संघीय सांसद माधव सापकोटा, स्थानीय राजनैतिक दलका नेता तथा कार्यकर्ता, तातोपानी भन्सार प्रशासन, अध्यागमन कार्यालय, स्थानीय प्रहरी प्रशासन, नेपाल हिमालय सिमापार वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति थियो । सांसाद सापोटा लगाएतको नेपाली प्रतिनिधिलाई चिनिया अधिकारीले स्वागत गरेका थिए ।

    ०७२ वैशाख १२ को भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी र गत वैशाख १८ मा निर्यात खुलेको थियो । आठ वर्षपछि नेपाल र चीनका नागरिक आउजाउ गर्न पाउने भएका छन् । ‘सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई आउजाउ गर्न आवश्यक कागजात तयारी अवस्थामा छन्, भूकम्पअघि प्रयोग भएका हरियो र वानडे दुवै किसिमका प्रवेश पास जारी गरिएको छ, जसमा सुरुमा दुई सय तीन जानका लागि पास जारी भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द के.सी.ले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट