२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन जारी, भोली नेतृत्व चयन हुने


  • २०८० भाद्र ६, बुधबार मा प्रकाशित १ साल अघि
  • २८६ पाठक संख्या
  •  

    निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन बुधवार सुरुभएको छ । अधिवेशनको निर्माण व्यवसायी महाँसंघका अध्यक्ष रवि सिंहले उद्घाटन गरेका गरे ।
    सदरमुकाम चौतारा अवस्थित निर्माण व्यवसायीको भवनमा सुरुभएको अधिवेशन बिहिबार सम्म चल्ने छ । ४ सय ४४ जना सदस्य रहेको संघको अधिवेशन तथा साधारण सभा उद्घाटन शत्र र मनोनयन दर्ता दिने कार्य  आज र मतदान  प्रक्रिया भने भोलिमात्र  हुने अध्यक्ष छत्र तामाङले बताए ।

    अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले विभिन्न बहानामा व्यवसायीले दुःख दिने र सकिएको कामको समेत समयमा भुक्तानी नपाउँदा व्यवसायी मारमा परेको बताए । जिल्ला दररेटलाई समय अनुकुल परिमार्जन गर्नु पर्ने र पर्याप्त बजेट नहुँदा पनि ठेक्का लगाउने प्रथाको अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

    नयाँ नेत्रृत्व चयनको लागि आज बेलुका ७ वजे सम्म मनोनयन दर्ता  हुनेछ ।  अध्यक्ष , उपाध्यक्ष ३, महाँसचिव १, सचिव १, कोषाध्यक्ष १, सह कोषाध्यक्ष १ र ६ जना सदस्य अधिवेशनले चुन्ने छ । अध्यक्ष सहित ८ जना पदाधिकारीको भने जिल्लामा क्रियाशील दलवीच भाग बण्डा गर्ने मोटामोटी सहमति भएको बुझिएको छ ।

    अध्यक्ष पदमा राप्रपाका दिपेन्द्र थापा लाई सर्वसम्वत रुपमा स्वीकार्ने सहमति भएको हो । अध्यक्ष संगै राप्रपाले सह कोषाध्यक्ष पाउने छन् । प्रथम उपाध्यक्ष र कोषाध्यक्ष नेपाली कांग्रेस समर्थक व्यवसायी, महासचिव र सचिव एमाले समर्थक व्यवसायी र द्वितीय उपाध्यक्ष र तृतीय उपाध्यक्ष माओवादी केन्द्र समर्थक व्यवसायीले पाउने सहमति भएको छ ।

    सदस्य पदमा भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायी विच निर्वाचन गर्नु भन्दा सके सम्म सहमतिमा टुङ्याउन उचित हुँने हुँदा सर्वसहमति गर्ने प्रयास जारी राखेको र भोली सम्म पहल गरिने तृतीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट