२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

खानेपानी योजनावाट सयौं उपभोक्ता लावान्वित


  • २०८० भाद्र २, शनिबार मा प्रकाशित १ साल अघि
  • ४०४ पाठक संख्या
  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –४ मा निर्माण भएको थारथङ खोला करङगैरा कोले लिफ्टीङ खानेपानी आयोजनाको शुक्रवार संघीय सांसद माधव सापकोटा र नेपालको लागि जापानी राजदुत किकुता युताकाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
    जापान सरकारको सहयोग तथा पिस उईन्स जापान र समृद्धिको लागि यथा कार्य सहयोग संस्था ISap को सहकार्यमा सम्पन्न योजनामा १ सय ४३ धारा तथा ६ वटा ट्यांकी निर्माण भएको थारथङ खोला करङगैरा कोले लिफ्टीङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष कालि प्रसाद लामाले बताए ।
    निर्माण भएका धारा मध्ये ६ वटा सामुदायिक तथा सार्वजनिक स्थल र १ सय ३७ धारा करङगैरा, कोले तथा डाडाँगाउ बस्थिमा प्रत्येक घरमा एक एक वटा धारा वितरण गरिएको ईन्जिनियर बिबेक कायस्थले बताए । १५ सय मिटर टाढाको मुहानवाट लिफ्टीङ प्रविधिवाट खानेपाली आपूर्ती गरिएको कायस्थको भनाई छ । योजना १ करोड ३० लाख लागतम सम्पन्न भएको संस्थाले जनाएको छ ।
    खानेपानी योजनाका साथै मेलम्ची नगरपालिका, सुनकोशी गाउँपालिका र बलेफी गाउँपालिकामा कृषि तथा आय आर्जनमा सहयोग गर्दै आएको समृद्धिको लागि यथा कार्य सहयोग संस्थाकी अध्यक्ष शान्ति लक्ष्मी शाक्यले बताईन । संस्थाले यस अगाडिनै बलेफी गाउँपालिका –४ मा नै फँलाटे भिमसेन थान सातदोवाटो र सिस्नेरी उनिचौर तल्लागाउँ खानेपानी योजनावाट ८६ घरधुरीले धारा पाईसकेका छन् ।
    गाउँपालिकाको एक घर एक धाराको अभियानलाई साथ दिए प्रति सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले गाउँपालिका बासिन्दालाई क्रमस एक घर एक धारा उपलव्ध गराउने योजनालाई सफल बनाउन लाग्ने बताए । कार्यक्रममा बागमती प्रदेश सदस्य अमृता नेपाल तथा जापनी राजदुताबासका उच्च अधिकारी लगाएतकाको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट