२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

सिन्धुपाल्चोकमा बजार अनुगमनलाई तिव्रता दिंईदै


  • न्युज कोशी
  • २०८० श्रावण ३०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४६४ पाठक संख्या
  • जिल्ला अनुगमन समिति सिन्धुपाल्चोकले जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको छ । बजारमा मिसावटयुक्त चिनी तथा अन्य खाद्य बस्तुको विगविगी बढेको भन्ने सूचना आए लगतै बजार अनुगमनलाई तिव्रता दिएको हो ।
    मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा सदरमुकाम चौताराका होटल तथा पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
    बजारमा चिनी लगाएताका खाद्य बस्तुमा अखाद्य बस्तुको प्रयोग भएको गुनासो आएपछि अनुगमना गरिएको तर बजारमा त्यसखालको मिसावट नभेटिएको श्रेष्ठले बताए । बजार अनुगमन नियमित प्रकृया भएकोले यसलाई निरन्तरता दिईने र कतै मिसावट तथा कालो बजारी भएको छ भने जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्वन्धित निकायमा खबस गर्न समेत सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरे ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट