२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

तातोपानी नाका खुल्ने निश्चित


  • २०८० बैशाख ५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५६७ पाठक संख्या
  • तातोपानी नाका खुल्ने निश्चित
    तातोपानी नाका आगामी वैशाख १८ गतेवाट संचालनमा आउने भएको छ । २०७० को बिनासकरी भुकम्प पछि बन्द रहेको नाका चीन तर्फवाट भने एक तफी रुपमा संचालनमा थियो । अव भने दुई तर्फी रुपमा संचालनमा आउन लागेको हो ।
    सोमवार नेपाल स्थित सुरक्षा निकायका प्रतिनिधि र मित्र राष्ट्र चीन तरर्फका सुरक्षा निकायका प्रतिनिधि बीच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण लगायत अन्य समसामुहिक विषयमा छलफल भएको जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाले बताए ।
    राणाका अनुसार वैशाख १८ गते बाट दुई तर्फी रुपमा सिमा नाका सुचारु गर्ने सहमती भएको हो । त्यस्तै दुबै देश विच कोभिड संक्रमण सम्बन्धी सचेतता अपनाउने, अन्र्तदेशीय सिमाना अझ मजबुत बनाउने, अपराध नियन्त्रण र न्यूनिकरणमा संबेदनशील रहि आवश्यक अनुसार संयुक्त गस्ती गर्ने सहमति भएको छ । थप चेक पोष्ट राखी कडा चेक जाँचको व्यवस्था मिलाउने, सिमा सुरक्षा सम्वन्धि सूचना दुवै तर्फवाट तत्कालै आदान प्रदान गर्ने, सुरक्षा व्यवस्था मजबुद बनाउने लगाएतको निर्णय भएको जिल्ला प्रहरी प्रमुख राणाले बताए । बैठकमा नेपालको तर्फवाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा, शसस्त्र प्रहरीका उपरीक्षक रवि के.सी, प्रमुख अनुसान्धान अधिकृत सुदिप अधिकारी लगायत सुरक्षा युनिटका प्रमुखहरुको उपस्थिति थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट