२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

युवा व्यवसायी श्रेष्ठ खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बार


  • न्युज कोशी
  • २०७९ चैत्र २, बिहिबार मा प्रकाशित १ साल अघि
  • २४२ पाठक संख्या
  • युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७औँ साधारण सभाका लागि जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बारका लागि सर्वसहमतिले निर्णय गरेको छ ।

     

    महासंघको नीति अनुरुप उनी सिनधुपाल्चोक जिल्लाबाट सिफारिस भएका हुन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष होमबहादुर बस्नेतको अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पूर्ण बैठकले केन्द्रिय सदस्य कमलकुमार श्रेष्ठको समर्थनमा निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेद्वारको लागि सिफारिस गरिएको संघको अध्यक्ष बस्नेतले जानकारी दिए ।

    श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष रहँदा जिल्लाले प्राकृतिक विपद्को सामना गर्नु परेको थियो । विपद्हरुमा उनलेसरकारी निकायलाई नीजि क्षेत्रको तर्फबाट उल्लेख्य सहयोग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट