२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

एक महिने सिलाई कटाई तालिम संपन्न


  • न्युज कोशी
  • २०७९ फागुन ३०, मंगलबार मा प्रकाशित १ साल अघि
  • १९६ पाठक संख्या
  • सदरमुकाम चौतारामा एक महिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ५ नं. वडा महिला सन्जालको आयोजना तथा चौतारा साँगाचोक वडा नं.५ को सहयोगमा संपन्न तालिममा १७ जना महिला सहभागिता रहेको वडा सदस्य एवं कार्यपालिका सदस्य सानुमायाँ गुरुङले बताईन । तालिममा महिलाहरुले प्रयोगमा ल्याउने बिभिन्न ब्राण्डका पोषाक सिलाउने तालिम दिईएको हो ।
    सहभागिलाई प्रमाण–पत्र वितरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले तालिममा सिकेका विषयलाई ब्यबहारमा उतार्न आग्रह गरे । नगरपालिकाले महिला तथा सिमान्तकृत वर्गको जिवन उकास्न बिभिन्न जिवन उपयोगी तालिम संचालन गर्दै आईरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए ।


    तालिम समापनकै अवसरमा बोल्दै नगर उप–प्रमुख सिता थापाले महिलाहरुलाई लक्षित गरि ड्राईभिङ तालिमको आयोजना गर्न लागेको बताउँदै थापाले तालिममा सिकेका विषयलाई ब्यबहारमा लागू पर्ने बताईन । तालिममा वडा नं.५ का कार्यवाहक अध्यक्ष रामबहादुर घले, वडा नं.५ का पूर्व अध्यक्ष नरमान श्रेष्ठ, अधिकार कर्मी नातिवावु धिताल, अधिवक्ता चन्द्रकुमार बस्नेत, महिला संजालकी उपध्यक्ष रीना श्रेष्ठ र पत्रकार महासंघका केन्दीय प्रतिनिधि ज्ञानेन्द्र तिमिल्सिना लगाएतकाले मन्तब्य राखेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट