२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

यसरी बाँडफाँड गरिन्छ समानुपातिक तर्फको सीट


  • २०७९ मंसिर १९, सोमबार मा प्रकाशित २ साल अघि
  • १०६ पाठक संख्या
  • गोकर्णमणि दुवाडी

    ‘सेन्ट लग मेथड’ को आधारमा कुन दलले कति सीट प्राप्त ग¥यो भन्ने तय गर्छौं । त्यसपछि प्रत्येक दलले प्राप्त गरेका मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकहरूले भाग गरिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको परिणाम निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मत परिणाम सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंको कान्तिपथस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्छ ।

    सबै मत प्राप्त भएपछि कति मत सदर भयो भन्ने यकिन गरिन्छ । कुल सदर मतमा कुन दलले कति प्राप्त ग¥यो भन्ने तालिका बनाउँछौं । समानुपातिकतर्फ सीट पाउन दलहरूले ‘थ्रेसहोल्ड’ पार गरेकै हुनुपर्छ । प्रतिनिधि सभामा सीट प्राप्त गर्न कुनै पनि दलले कुल सदर मतको तीन वा सोभन्दा बढी प्रतिशत मत ल्याएको हुनुपर्छ । प्रदेश सभाका लागि भने १.५ वा सोभन्दा बढी मत भए पुग्छ । ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूको सदर मतलाई यकीन गरेर प्रतिनिधि सभातर्फको ११० र प्रदेश सभातर्फको २२० सीट बाँडफाँड हुन्छ ।

    ‘सेन्ट लग मेथड’ का आधारमा कुन दलले कति सीट प्राप्त ग¥यो भन्ने तय गर्छौं । प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकहरूले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतीजालाई भागफल भनिन्छ । मत परिणामलाई भागफल संख्याले क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँड गरिन्छ । कुन दलले कति सीट प्राप्त ग¥यो भन्ने जानकारी निर्वाचन आयोगले सम्बन्धित दललाई दिनेछ । सम्बन्धित दलले समावेशी समूहको प्रतिनिधित्व हुने गरी तथा संघीय र प्रादेशिक संसद्मा महिला प्रतिनिधि कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने गरी नाम पठाउनुपर्छ ।

    लैङ्गिक समावेशिता सुनिश्चित गर्दा पनि अन्य समावेशी समूह छुटाउन भने पाइँदैन । प्रत्यक्ष र समानुपातिकबाट सम्बन्धित कुल कति सांसद जितेको छ, त्यसको आधारमा समावेशी समूहको संख्या निर्धारण हुन्छ । प्रत्यक्षतर्फबाट अपुग भएको समावेशी समूह समानुपातिकतर्फबाट पूर्ति गर्नुपर्ने हुन्छ ।

    यसरी नाम पठाउँदा आयोगमा दर्ता भएको बन्दसूचीबाट प्राथमिक क्रमको आधारमा पठाउनुपर्नेछ । अघिल्लो नाम सिफारिश नगरेर त्यसपछिको नाम पठाउन पाइँदैन । दलहरूले सिफारिश गरेर पठाएको नामबाट आयोगले विजयी भएको घोषणा गर्नेछ ।
    (दुवाडी निर्वाचन आयोगका सचिव हुन्।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट