२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सुकुटे करिडाेरलाई औपचारिक रुपमा पर्यटकीय क्षेत्र घाेषणा


  • २०८२ बैशाख ६, शनिबार मा प्रकाशित १६ घण्टा अघि
  • १५३ पाठक संख्या
  • सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई शनिवार औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा  गरेको छ। संघीय संसदका पूर्व सभामुख एवं  माओवादी केन्द्रका उपाध्यक्ष  अग्निप्रसाद सापकाेटाले सुकुटेमा आयोजित एक समाराेहका विच  सुकुटे करिडाेर क्षेत्रलाई औपचारिक रुपमा पर्यटकी क्षेत्र  घोषणा गरेका हुन् ।

    विशेषगरी चाैतारा साँगाचाेकगढी ९ ,१०,११ र १२ लाई समेटेर पर्यटकीय क्षेत्र घाेषणा गरिएकाे नगर प्रमुख कृष्णप्रसाद सापकाेटाले बताए  । अहिले सुकुटेलाई प्रमुख गन्तव्य मानेर घाेषणा गरिएको र नगरपालिकाका अन्य वडाका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थललाई समेटेर घाेषणा गर्दैलगिने  याेजना रहेकाे सापकाेटाकाे भनाइ थियाे ।

    सुकुटे हाल र्याफ्टिङ, नदी किनारको रमणीय वातावरण, रिसोर्ट सेवा, पहुँचयोग्य भौगोलिक स्थिति र विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण लोकप्रिय गन्तव्यको रूपमा स्थापित भइसकेको छ। विशेषतः अरनिको राजमार्गसँगै र सुनकोसी नदीको किनारमा अवस्थित यस क्षेत्र पर्यटकहरूका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको छ। हाल सुकुटे करिडोरमा करिब दुई दर्जन रिसोर्ट तथा पर्यटन सेवाप्रदायक संस्थाहरू सञ्चालनमा छन्।

    समाराेहमा  मन्तवय रख्दै प्रमुख अतिथि  अग्नि प्रसाद सापकाेटाले सुकुटे क्षेत्रलाई औपचारिक पर्यटकीय क्षेत्र  घोषणा सगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सन्देश जाने बताए । पर्यटन प्रवर्धनका लागि रणनीतिक याेजनमा अघि सारेर दुनियाँ भरका नागरिकलाई आकर्षित गर्ने र आन्तरिक आम्दानी वृद्धि गर्न जाेड दिए  ।

    सभामा पूर्व मन्त्री  युवराज दुलाल,  नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्याैपाने, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकाेटाले मन्तव्य राखेका थिए ।
    त्यसैगरि नेकपा एमालेका नगर अध्यक्ष उद्वव नेपाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धुर्ब  दंगाल , सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापाले मन्तव्य राखेका थिए । भने नगरपालिकाका उपप्रमुख सीता थापाले स्वागत मन्तव्य राखेकाे थिईन् । घाेषणा सभामा स्थानीय झाक्री तथा धिमे बाजा बजाएर मनाेरन्जन प्रदान गरिएको थियाे ।

    सुकुटे क्षेत्र राजनीतिक कारणले पनि पटक–पटक चर्चामा रहँदै आएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष प्राथमिकतामा पर्ने यस क्षेत्रमा २०८१ माघ १ गतेदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन पनि अध्यक्ष प्रचण्डले गरेका थिए। उनले सुकुटे क्षेत्रको विकासमा आफूले निरन्तर सक्रिय भूमिका खेलेको स्मरण गर्दै हाल व्यवसायिक रूपमा फस्टाइरहेको यस करिडोरलाई आधिकारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट