२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

बागमती प्रदेश प्रमुखद्वारा तमु ल्होसारको अवसरमा शुभकामना सन्देश व्यक्त


  • न्युज कोशी
  • २०८१ पौष १५, सोमबार मा प्रकाशित ६ दिन अघि
  • ८३ पाठक संख्या
  • मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज सोमबार परेको तमु ल्होसारको अवसरमा शुभकामना व्यत्त गर्नु भएको छ ।
    प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्नुहुदै नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यत्त गर्नु भएको हो ।
    ‘बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ उहाँले सन्देशमा भन्नुभएको छ ।
    तमु ल्होसार पर्व संस्कृति रक्षक गुरुङ समुदायले बडो उत्साहका साथ मनाउँदछन् । परम्परागत भेषभुषाले सजिएर, इष्टमित्रसँग भेटघाट, खानपिन, नाचगान र शुभकामना आदानप्रदान गरेर गुरुङ समुदायले नयाँ सम्वत शुभारम्भको उत्सव मनाउँने गर्दछन् ।
    ‘चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन्, हाम्रो देश नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको सुन्दर मुलुक हो’ सन्देशमा भनिएको छ ।
    ‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्बर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ’ उहाँले भन्नभएको छ ।
    सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मैलिक परम्पराले थप टेवा दिने उहाँले बताउनु भएको छ । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन सक्नु पर्ने उहाँले सन्देशमा भन्नु भएको छ ।
    प्रदेश प्रमुख देवकोटाले इस्बी सम्बत् २०२५ को पूर्वसन्ध्यामा सन् २०२४ लाई मूल्यांकन गरेर कमीकमजोरी सच्याउँदै अग्रगमनको दिशामा लाग्न २०२५ ले प्रेरणा मिलोस भन्ने शुभकामना समेत दिनु भएको छ ।
    जनवरी १ तारीखलाई टोपी दिवसको रूपमा पनि मनाउन थालिएको सन्दर्भमा पनि उहाँले शुभकामना दिन भएको छ । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरूप्रती हामी सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट