२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

द्रुत गतिमा निर्माण हुँदै भाेटेकाेशी-१ जलविद्युत आयाेजना


  • २०८१ पौष १३, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • ३२८ पाठक संख्या
  • सिन्धुपाल्चोक । ईलेक्ट्राे  पावर कम्प नी लिमिटेडद्वारा संचालित भाेटेकाेशी -१ जलविद्युत आयाेजनाकाे ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार अडिट मार्ग देखि पावरहाउस सम्मकाे पहिलाे चरणकाे सुरुङमार्गकाे ब्रेक थ्रु  भएको हाे ।

    भाेटेकाेशी  गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले स्वीच दवाएर पावर हाउस जाेडिने अन्तिम ब्लास्टिङ गरेका थिए ।भाेटेकाेशी वडा नंं.२ र ३ काे हिन्दीमा ड्याम निर्माण गरि २६ सय मिटर लामाे सुरुङमार्ग  मार्फत पानी पठानगरि चाकुमा पावरहाउस निर्माण हुने छ ।

    ४० मेगावाट क्षमताकाे जलविद्युत् आयाेजना गत वर्षको पुसमा सुरुभएकाे हाे । एक वर्षमा ३५ प्रतिशत सम्पन्न संगै  ताेकिएकै समयमा आयाेजना सम्पन्न हुने आयाेजना प्रमुख उमेश पराजुलीले बताए । स्थानीय सरकार, सुरक्षा निकाय तथा स्थानीय नागरिकको  सहयाेगका कारण याेजना समयमै सम्पन्न हुने आयाेजना प्रमुख  पराजुलीलकाे  तर्क छ ।

    हेडवक्स (ड्याम) , अडिटमार्ग दुबै ठाउँबाट सुरुङ निर्माणकार्य  भईरहेकाे साथै ड्याम्म तथा पावरहाउसकाेनिर्माणकार्य संगै संगै भईरहेकाे पराजुलीको भनाइ थियाे । अबकाे डेड वर्षमा निर्माणकाे काम सम्पन्न गरिसकिने आयाेजनाले जनाएको छ ।

    स्थानीय  नागरिक संगकाे समन्वयमा काम गरेकाे हुँदा अवराेध खासै नरहेकाले आयाेजना तिव्र गतिमा निर्माण भईरहेकाे गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले बताए । स्थानीयकाे केहि समस्या र माग हुन सक्दछन् तर काममा अवराेध सिर्जना गरेर नभई पालिकाकाे समन्वयमा बैठक र छलफलद्वारा टुंगो लगाउने गरिएको अध्यक्ष शेर्पाकाे भनाइ थियाे।

    गत एक वर्षमा सुरु भएको याेजना अबकाे एक वर्षमा पुराहुने आयाेजना पक्षकाे दावि छ । हालकै रफ्तारमा काम हुने हाे भने याे आयाेजना समयमै सम्पन्न हुने र नमुना आयाेजनाकाे रुपमा चिनिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट