सिन्धुपाल्चोक । चाैतारा नबलपुर मेलम्ची सडकाे चाैतारा झ्याडी खन्डकाे निर्माणकार्यमा ढिलाई भएको छ । चाैतारावाट झ्याडीसम्मकाे ८.२ किमि सडक सम्झौता भएको ११ महिना बितिसक्दा २० प्रतिशतमात्र काम सकेकाे हाे ।
सडक निर्माण गर्न सिद्धबाबा कन्ट्रक्सनले ठेक्का पाएकाे थियाे । ठेक्का पाएकाे ८ महिना पछि मात्रै सम्झौता गरेकाे कम्पनीले आगामी असार महिनामा सम्म काम सक्नु पर्ने छ ।
बागमती प्रदेशका पूर्व भाैतिक पूर्वधार मन्त्री युवराज दुलाल, बागमती प्रदेश सदस्य अमृता नेपाल, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, वडा अध्यक्षहरु, पूर्वधार विकास कार्यालयका प्रमुख प्रकाश पाैडेल र संचारकर्मी सहितकाे अनुगमन टाेलिले कम्पनीले समयमा काम सक्ने अवस्था नदेखिएकाले द्रुत गतिमा काम अगाडि बढाउन आग्रह गरेकाे हाे ।
पूर्व मन्त्री दुलालले सिद्धबाबा कन्ट्रक्सनकाे काम सन्ताेसजनक रुपमा अगाडि बढेकाे नदेखिएकाले छिट्टै काम सक्न आग्रह गरिएकाे बताए ।
झ्याडी नबलपुर खण्डकाे काम सन्ताेषजनक
झ्याँडीदेखी नवलपुर सडक खण्ड स्तरउन्नतीमा भने ७ महिनाभित्र २३ प्रतिशत भौतिक र १७ प्रतिशत वित्तिय प्रगती भैसकेको पूर्वाधार कार्यालयले जनाएकाे छ ।
चौतारा झ्याँडीको सडकको तुलनामा भने यस सडक खण्डमा तीब्र गतीमा काम भइरहेको पाइएको हाे । ८ किलो मिटर रहेको यस सडक खण्डमा अमर ज्योती, भण्डारी , गोल्मेश्वर जेवी कन्ट्रक्सनले निमार्ण ठेक्का पाएको थियाे ।
अनुगमनका क्रममा निर्माण ब्यवासायी, स्थानीय, प्राविधिक र जनप्रतिनिधिहरुलाई संगै राखेर सडक स्तरउन्नति आयोजना तोकिएको समयभित्र सम्पन्न गर्न पूर्वमन्त्री दुलाले निर्देशन दिए ।
सडक, नाली, कालोपत्रे, ड्रेन आदि काम गर्दा स्थानीयको जायज गुनासोलाई निमार्ण पक्षको समस्यालाई प्राविधिक सहित समझदारी गर्दै काम गर्न दुलालले आग्रह गरे । साथै गुणस्तरीय काम गर्न उनले जोड दिए ।
चौतारा नवलपुर, मेलम्ची सडक स्तरउन्नती आयोजनामा मापदण्ड अनुसार काम गर्न प्राविधिकले आफ्नो जिम्मेवारी वहन गरेको बताउदै निर्माण पक्षले पनि छिटो छरितो काम गरेमा मात्र तोकिएको समयमा सकिने भौतिक पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख डिभिजनल इन्जिनियर प्रकास पौडेलले बताए ।
यसैगरी झ्याँडीदेखी नवलपुर सड्क स्तरउन्नतीमा ७ महिनाभित्र २३ प्रतिशत भौतिक र १७ प्रतिशत वित्तिय प्रगती भैसकेको छ । चौतारा झ्याँडीको सडकको तुलनामा भने यस सडक खण्डमा तीब्र गतीमा काम भइरहेको पाइएको छ ।
अनुगमनका क्रममा निर्माण ब्यवासायी, स्थानीय, प्राविधिक र जनप्रतिनिधिहरुलाई संगै राखेर सडक स्तरउन्नति आयोजना तोकिएको समयभित्र सम्पन्न गर्न पूर्वमन्त्रि दुलालले निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस