सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा विविध कार्यक्रम सहित संविधान दिवस २०८१ मनाईदै छ । साेहि क्रममा कर्मचारी मिलन केन्द्रले टेवुलटेनिस प्रतियाेगितकाे आयोजना गरेकाे छ । १६ सहभागी प्रतिष्पर्दि रहेकाे खेलमा भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर मास्के प्रथम हुन सफल भएका छन् ।
प्रतियाेगितामा द्वितीय स्थान भू- तथा जलाधार व्यवस्थापन कार्यलयकै लाेकबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजन बिक्रम प्रजापति तृतीय भए । प्रविण बस्नेतले सान्वना स्थान हासिल गरेका छन् ।
संविधान दिवशकै अवसरमा जिल्ला वन कार्यालयकाे संयाेजनमा वृक्षरोपण भएको छ । चाैतारा अस्पताल परिसरमा वृक्षा राेपण गरिएकाे हाे । अस्बतालका बिरामीलाई फलफुल वितरण, जेष्ठनागरिककाे स्वास्थ्य परीक्षण, धार्मिक तथा सार्वजनिक स्थलकाे पालिका र सुरक्षा कर्मी सहितकाे सम्लग्नतामा सरसफाइ तथा साँझमा दिप प्रज्वलन लगाएतकाे कार्यक्रम राखिएको छ ।
भाेली ३ गते बिहान ७ बजे चाैतारामा प्रभातफेरी कार्यक्रम सहित टुंडिखेल स्थित फल्चामा मुल समाराेह हुने सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस