२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

चाैतारा साँगाचाेकगढी नगरपालिका -७ बन्याे बालमैत्री वडा


  • २०८१ भाद्र २९, शनिबार मा प्रकाशित ३ महिना अघि
  • २४९ पाठक संख्या
  • सिन्धुपाल्चोक । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.७ लाई बालमैत्री वडा घाेषणा गरिएकाे छ । शनिवार ६०औं  बाल दिवशरकाे अवसर पारेर सिद्धिगणेश मावि सानाेसिरुवारीमा  आयाेजित समाराेहमा नगर प्रमुख कृष्णप्रसाद सापकाेटाले बालमैत्री वडा घाेषणा गरेका हुन् ।


    घाेषणाा पूर्व सयौं संख्यामा उपस्थित स्थानीय , शिक्षक तथा विद्यार्थीकाे  र्यालि  बाजागाजा सहित कार्यक्रम स्थल पुगेकाे थियाे । सभामा नगर प्रमुख सापकोटा र उपप्रमुख सीत
    थापाले वडा द्भारा  प्रकाशित बाल स्थिति पत्रकाे बिमाेचन गरेका थिए ।

    सभामा उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गाैतम लगाएतकाले मन्तब्य राखेका थिए भने कलाकार तथा विद्यार्थीहरुले आकर्ष गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

    विभिन्न ५१ सुचक पूरा गरेर बालमैत्री वडा घाेषणा गरिएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले जानकारी दिए। याे वडा जिल्लाकाे तेस्रो वालमैत्री वडा हाे ।यस अगाडि चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं. १३ जिल्लाकै पहिलाे र मेलम्ची नगरपालिका वडा नं. ७ जिल्लाकाे दाेस्राे बालमैत्री वडा घाेषणा भएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट