२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

नागरिकको गुनासाे सुन्देै सिन्धुपाल्चोक प्रहरी


  • २०८१ भाद्र १७, सोमबार मा प्रकाशित ३ महिना अघि
  • २२१ पाठक संख्या
  • सिन्धुपाल्चोक । जिल्ला प्रहरी सिन्धुपाल्चोकले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले गत तीन वर्षमा सम्पदन गरेकाे गतिविधि तथा भावि कार्यक्रमका बारेमा जानकारी गराईएकाे थियाे ।

    जिल्ला प्रहरी प्रमुख सन्ताेष खड्काले जिल्लामा घटेका घटना तथा अनुसन्धानकाे अवस्था, मुद्दा फर्याेटकाे अवस्था, सवारी दुर्घटना, भन्सार चाेरी निकासी, हराएकाे मानिसकाे खाेजि, बैकिङ कसुरकाे अवस्था र सहकारी ठगी लगाएतका घटनाकाे बारेमा संक्षिप्त रुपमा जानकारी  गराएका थिए।

    कार्यक्रममा सहभागी मध्ये कृष्ण रत्न गंगा माविका  शिक्षक बाेधराज भट्टराई , बिद्यार्थी  कल्पना तामाङ र जुगल वाेर्डिङकी विद्यार्थी  करुणा सिग्देलले जिज्ञासा राखेका थिए।

    त्यसैगरि महिला सन्जालकी तारादेवि राना, चाैतारा साँगाचाेकगढी नगरपालिकाकी कार्यपालिका सदस्य सीता पाैडेल, नगरपालिका क्षयराेग संयाेजक हरी नेपाल, स्थानीय शुशिला नेपाल र रेडियाे सिन्धु अध्यक्ष रत्न श्रेष्ठले जिज्ञासा राखेका थिए। सहभागिहरुले राखेकाे जिज्ञासाकाे जिल्ला प्रहरी प्रमुख सन्ताेष खड्काले समाधान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय सिमितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चाैतारा साँगाचेकगढी नगरपालिका उप प्रमुख सीता थापा,  जिल्ला वारका अध्यक्ष भूपेन्द्र थिङ, मानवअधिकार कर्मी नातिवावु धिताल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचिव बिदुर आचार्य, जेष्ठ नागरिक मञ्चका अध्यक्ष माधवलाल कर्मचार्य लगाएतकाले मन्तव्य राखेका थिए।

    कार्यक्रम चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठकाे अध्यक्षता भएको थियाे । जिल्ला प्रहरीले यस खालका कार्यक्रम नियमित रुपमा गर्दै जाने प्रहरी नायव उपरीक्षक निराजन भट्टराईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट