२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

हेलम्बु गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत, मुख्य ध्यान स्वास्थ्य र शिक्षा


  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ४८० पाठक संख्या
  • सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाकाे आ.व. ०८१/८२ काे नीति ,कार्यक्रम तथा बजेट साेमबार सार्वजनिक गरिएको छ ।

    आगामी आ.व.काे लागि ५३ कराेड ७४ लाख ८६ हजारकाे अनुमानित आम्दानी , खर्चकाे विवरण सहित नीती तथा कार्यक्रम  गाउँ सभामा पेश भएको हाे ।

    जस मध्ये १ कराेड ५४ लाख आन्तरिक आम्दानी रहेकाे छ भने  बाँकी संघीय र प्रदेश सरकारकाे वित्तीय समानिकरण,सशर्त , विशेष र समपुरक अनुदान रहेकाे प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले बताए   ।

    मुख्य ध्यान स्वास्थ्य र शिक्षा :

    हेलम्बु गाउँपालिकाकाे ध्यान यस वर्ष पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा  छ ।  पालिकाका भित्रका हरेक दिर्गराेगीलाई दिईंदै आएकाे औषधी उपचार खर्चलाई यसवर्ष पनि निरन्तरता दिएकाे छ भने हरेक बिरामीको लागि दिईंदै आएकाे नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईएकाे छ ।

    स्वास्थ्य विमा मार्फत ५ लाख बराबरकाे स्वास्थ्य उपचार खर्च सहयाेग बिरामी समेतकाे साझेदारीमा गरिने नयाँ नीति पालिकाले अवलम्बन गरेकाे छ ।

     

    शिक्षा क्षेत्रमा डिजिटल हेलम्बु :

    हेलम्बु गाउँपालिकाले शिक्षा क्षेत्रमा डिजिटल हेलम्बु नीति अवलम्बन गरेकाे छ । सबै माविमा स्मार्ट बाेर्ड, कम्प्युटर ल्यावटप, फाेटाेकपी मेसिन सहितकाे व्यवस्था गरिने छ ।भाेलेन्टियर शिक्षक परिचालन, दलित समुदायवाट स्नातक  गर्नेलाई १ लाख प्राेत्साहन, जुनसुकै सरकारी सेवामा  स्थायी नियुक्ति लिने पालिकाका नागरिकलाई सम्मान लगाएतकाे नीति पालिकाकाे छ ।

    अस्थायी र करारका कर्मचारीलाई पनि सुरक्षा काेष मार्फत निवृति भरण, लाेकसेवा लगाएतका कक्षाकाे भर्चूयल कक्षा लिन चाहनेलाई नि:शुल्क सेवा दिने नीति पालिकाले लिएको  छ ।

    हेलम्बु बाेधिसत्व माेडल स्कुलमा सिभिल ईन्जिनियर सगै आगामी शैक्षिकसत्र देखि कम्युटर ईन्जिनियरकाे समेत पठनपाठन सुरु गरिने छ । भने दिवा खाजा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहित शिक्षकलाई समेत समेटिने छ ।

    हेलम्बु ग्रेटटेल (षडाक्षरी धर्म चक्र पर्खाल ) निर्माण कार्य लाई निरन्तरता दिईने, रासायनिक मलकाे ढुवानीमा अनुदान दिईने लगाएकाे लाेकप्रिय कार्यक्रम पालिकाले ल्याएकाे छ ।

    गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे अध्यक्षमा भएको  सभामा उपाध्यक्ष अप्सरा लामिछाने , वडा नं.१ का वडा अध्यक्ष दावा ग्यालिजेन शेर्पा, वडा नं.२ का अध्यक्ष पेम्वा लामाले नीति ,कार्यक्रम , बजेट तथा आर्थिक विधेयक पेश गरेका थिए ।


     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट