सिन्धुपाल्चोक । बलेफी गाउँपालिका जिल्लाकै सबैभन्दा कम बेरुजु रकम भएको गाउँपालिकाको सूचिमा सूचिकृत भएको छ ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको छ।
महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणपछि सार्वजनिक भएको प्रतिवेनद अनुसार १२ वटा पालिका मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी छ भने सबैभन्दा बढी बेरुजु भएको पालिकामा हेलम्बु परेको छ ।
कम बेरुजु भएको सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । त्रिपुराले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशक बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंग सहित पछाडीबाट दोस्रो बनेको छ ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले प्रतिकूलताका बाबजुत बेरुजु रकम घटाउन सफल भएकोमा खुसी व्यक्त गरे । ‘समय अनुकूल थिएन, हामी सबै मिलेर बेरुजु सुन्यमा झार्ने प्रयास जारी राखेका थियौं, जिल्लाकै कम बेरुजु भएको पालिकामा परेको प्रतिवेदनले खुसी लाग्यो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस