सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह-शंकरलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताउनुभयो । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको बताउनुभयो । उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर गर्नुभयो । प्राडा.केसीले आमा कमला फाउण्डेशनका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । सो अवसरमा पुस्तक प्रकाशन गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति, संघ संस्था र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मिलाप पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस