२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

आयआर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह


  • न्युज कोशी
  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ३०७ पाठक संख्या
  • सिन्धुपाल्चोक । मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ ।

     नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी  अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो ।

    हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अहिलेको समयमा छुवाछुतको कुरा गर्न नहुने बताउँदै दुर्वव्यहार गर्नेलाई कानुनी कारबाही हुने बताउनुभयो ।

    कार्यक्रममा मेलम्चीका दलित वडा सदस्य, कार्यपालिका सदस्य ,दलित अगुवा लगायत ५० जना रहेको आयोजका सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नुहुनेछ । दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइने प्रशिक्षक राजु विकले जानकारी दिनुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर नेपाली, रेडियो मेलम्चीका श्टेसन म्यानेजर देवराज सुवेदी लगायतले दलितका हक अधिकार लगायत बिषयमा जानकारी गराउनुभयो । औपचारीक कार्यक्रम सञ्जालका अध्यक्ष हरिबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट