२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

बलेफी गाउँपालिकाले दिएन याेजाकाे भुक्तानी- उपभोक्ताले गरे आन्दोलनकाे घाेषणा


  • न्युज कोशी
  • २०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ४२२ पाठक संख्या
  • सिन्धुपाल्चोक । याेजनाकाे  रकम भुक्तानीकाे  माग राख्दै बिहिवार  बलेफी  गाउँपालिकामा ज्ञानपन पत्र पेश गरिएको छ । याेजना सम्पन्न भएको महिनाै बितिसक्दा पनि पालिकाले भुक्तानी नदिए पछि ज्ञापनपत्र पेश गरिएकाे बलशिक्षा मावि खाडिचाैरका ब्यबस्थापन समितिका अध्यक्ष  ज्ञानेन्द्र कुमार नेपालले बताए ।

    पहिलाे चरणमा ज्ञापनपत्र पेश गरिएकाे तर यसकाे सुनुवाइ ३ दिन भित्र नभए चरणबद्ध आन्दाेलन गरिने नेपालकाे भनाइ थियाे । अध्यक्ष र उपाध्यक्ष दुबै कार्यालयमा नभएकाले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र पेश गरिएकाे हाे ।

    पालिकाकाे पदाधिकारीहरुकाे आन्तरिक कलहका कारण देखाएर सकिएकाे याेजनाकाे भुक्तानी नपाउनु गाउँपालिकाकाे रबैया भएकाे ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाले गत साउन पछि याेजनाकाे अनुगमन हुँन बाँकी भन्दै  ४१ बढी सम्पन्न याेजनाकाे भुक्तानी दिएकाे छैन ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालले ज्ञापनपत्र अध्यक्ष ,उपाध्यक्ष दुवैलाई पठाउने र तत्कालै कार्यपालिका बैठक बाेलाईने प्रतिबद्धता जाहेर गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%२%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट