२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

सांसद सापकाेटाले गरे विद्यालय बसकाे उद्घाटन


  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ४६८ पाठक संख्या
  • सिन्धुपाल्चोक । भारतीय राजदुतावासद्वारा उपलब्ध भएको बिद्यालय बस सांसद माधव सापकाेटाले उद्घाटन गरेका छन् । बलेफी गाउँपालिका वडा नं. ४ स्थित जालपादेवी माविलाई भारत स्वतन्त्रा दिवसकाे उपलक्षमा गत २ गते बस उपलब्ध भएको थियाे । बस ३२ सिटकाे छ ।

    उद्घाटन समाराेहमा बाेल्दै सांसद सापकाेटाले बस उपलब्धता संगै ग्रामीण भेगका विद्यार्थीहरुलाई आवत जावत गर्न सहज हुने बताए । विद्यालयकाे भाैतिक विकास संगै गुणस्तरीय शिक्षणमा ध्यान दिन विद्यार्थी तथा शिक्षक समक्ष आग्रह गरे ।

     

    समारोह बाेल्दै प्रदेश सांसद अमृता नेपालले विद्यालयकाे बृहत्तर विकासमा सघाउने बताईन् । समाराेहमा मन्तब्य राख्दै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले कार्यविधि बनाएर विद्यालय बस संचालनकाे लागि सघाउने बताए । बलेफी गाउँपालिका वडा नं. ४ का अध्यक्ष सूर्ये तामाङले गुणस्तर शिक्षामा ध्यान दिन आग्रह गरे ।

    समाराेहका विच जनस्तरवाट संकलन भएको रकमवाट उपलब्ध गराईएकाे ट्याकसुट हरेक विद्यार्थीलाई बिद्यार्थीलाई वितरण गरिएकाे थियाे भने कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरियाे । समारोह कै वीच कृष्णप्रसाद सुवेदीकाे अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरियाे ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%१%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट