२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

कुविन्डे खाेलामा बन्यो पुल, मुख्य मन्त्री जम्मकट्टेलद्वारा उद्घाटन


  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ३८८ पाठक संख्या
  • सिन्धुपाल्चोक । कुविन्डे खाेलामा निर्माण सम्पन्न सडक पुल बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका छन् ।

    चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं. ३ काे  भुस्लुङ र भालुवन जाेडिने सडक पुल  ३१ मिटर लामाे र ८.४० मिटर फराकिलो  छ ।
    सदरमुकाम चाैतारावाट ७ किमिमा पर्ने यस पुल निर्माण सम्पन्न पश्चात वडा नं. २ र ३ नम्बर वडाका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
    हिम निर्माण सेवा काठमाडौंले ५ कराेड ६४ लाख लागतमा  निर्माण गरेकाे हाे । पुल सम्झौताकाे समय भन्दा ७ महिना अघिनै निर्माण सम्पन्न गरेकाे पूर्वाधार विकास कार्यालयका प्रमुख सिडिई भरत कुमार यादवले बताए ।




    २०७९ फागुन ५ गते सम्झौता भएको पुल, निर्माण कम्पनीले गत मङ्सिरमा निर्माण सम्पन्न गरेकाे सिडिई यादवले बताए ।
    सडककाे उद्घाटन गर्दै मुख्य मन्त्री जम्मकट्टेलले पुल संगै सडककाे स्तर उन्नति गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    समाराेहमा प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद माधव सापकोटाले सडकलाई बार्है महिना सन्चालनमा ल्याउने र ग्रामीण भेगका उत्पादनलाई बजार पुर्याउन पहल गरिने बताए ।
    सभामा चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटा, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, भाैतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पाेखरेल, वडा नं.३ का वडा अध्यक्ष टेकबहादुर तामाङ , पूर्वाधार विकास कार्यालयका प्रमुख सिडिई भरत कुमार यादवले  लगाएतकाले मन्तब्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट