२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

बलेफीका  जनप्रतिनिधि तथा  कर्मचारीका छाेरा छाेरीलाई सामुदायिक विद्यालयमानै पढाउनु पर्ने


  • २०८० चैत्र २७, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • १०१६ पाठक संख्या
  • सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले आफ्ना   जनप्रतिनिधि तथा  कर्मचारीका छाेरा छाेरीलाई सामुदायिक विद्यालयमानै पठन पाठन गराउन परिपत्र जारी गरेकाे छ ।

    २०८० बैशाख २५ गतेकाे कार्यपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छाेरा छाेरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे थियाे ।

    सामुदायिक विद्यालयमा सबैकाे समान पहुँच , सहभागिता तथा अपनत्व वाेध गराई विद्यालयकाे शैक्षिक , भाैतिक तथा व्यवस्थापकीय गुणस्तर सुनिश्चित गर्न यसखालकाे निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बताए ।

    आम  जनताको सामुदायिक विद्यालय प्रतिकाे विश्वास अभिवृद्धिका लागि  याे निर्णय गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    गत वर्षनै यस खालकाे निर्णय गरिएको भए पनि कार्यान्वयनमा आउन सकेकाे थिएन। तर यस वर्ष देखि याे निर्णय अनिबार्य कार्यान्वयनमा ल्याईने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट