२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

त्रिपुरासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई – ठुला याेजना छिट्टै सक्न आग्रह


  • २०८० चैत्र १७, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ४२३ पाठक संख्या
  • सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकाकाे दाेस्राे चाैमासिककाे सार्वजनिक सुनुवाई सकिएकाे छ । गाउँ पालिकाकाे प्राङ्गण पिस्करमा आयोगित  सार्वजनिक सुनुवाइका सहभागी अधिकांशले  ठुलाखालका याेजना समयमै नसकिएको गुनासाे राखेका छन् ।

    गाउँपालिकाकाे साना खालका याेजनाकाे काम समयमै सकिने गरेकाे भए पनि संघ र प्रदेशका अलि ठुलाखालकाे याेजना भने ताेकिएकाे समय नसकिने गरेकाे हुँदा नागरिकहरुले दुख पाईरहेकाे गुनासाे सहभागिकाे थियाे ।

    वडा नं.४ पाेखरेका नैनबहादुर श्रेष्ठले स्वास्थ्य चाैकीमा ल्यावकाे व्यवस्थापन हुनु पर्ने गुनासे राखे । उनले पालिकाकाे धार्मिक तथ पर्यटकीय स्थललाई स्थानीय पाठ्यक्रममा राख्नु पर्ने सुझाव दिए ।

     

    शिक्षक भजन श्रेष्ठले एसइइकाे केन्द्र पालिकामा हुनु पर्ने धारणा राखेका थिए । कागेश्वरी माविका प्रअ तेजवहादुर बस्नेतले बालविवाह न्युनिकरणकाे कार्यक्रम ल्याउन माग गरे ।वडा नं.३ कि देवि थामीले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छाेरा छाेरी सरकारी विद्यालयमा पढाएमा मात्रै सरकारी विद्यालयकाे सुधार हुने सुझाव दिईन ।

    धुस्कुन आविकी प्रअ अप्सरा खड्काले भाैतिक विकासलाई मात्रै विकास मान्ने परिपाटीको अन्यहुनुपर्ने बताईन । वडा नं.३ का देवि बहादुर बस्नेतले गुठी जग्गाकाे तिराे वडा वा गाउँपालिकामा तिर्न पाउनु पर्ने गुनासाे राखेका थिए ।

    अजय श्रेष्ठले बैतिगाउँमा खानेपानी समस्या रहेकाले समाधान गर्न आग्रह गरेका थिए । उनले बैति पाेखरी र मन्दिरकाे जिणाेद्वार गर्न गाउँपालिकाकाे ध्यानाकर्षण गरे । पाेखरेका निरबहादुर श्रेष्ठले पाेखरेमा पालिकाकाे बजेट कहिले आउँछ? र सडककहिले बन्छ ? भन्ने प्रश्न राखेका थिए ।

     

     

    सहभागिहरुकाे गुनासाे प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाईवा, शिक्षा शाखाका प्रमुख शालिकराम घिमिरे, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह र लेखा शाखाका प्रमुख राजु सुवेदीले नागरिकका समधान गरेका थिए।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बाेहरा, उपाध्यक्ष गिता कुमारी नेपाल, वडा अध्यक्षहरु सिताराम थापा, शिवकुमार कार्की , टेकबहादुर गुवाजु, यादप श्रेष्ठ र रमेश बाेहराले मन्तब्य राखेका थिए ।

    सार्वजनिक सुनुवाइ कार्यक्रमकाे समापन गर्दै अध्यक्ष बाेहराले सुन्दर र समृद्ध त्रिपुरासुन्दरी बनाउन अहाेरात्र खटेर लागिपरेकाे बताए । उनले आफ्नो अधिकारकाे खाेजि गर्नेले कर्तव्य नभुल्न समेत आग्रह गरे ।

    गाउँपालिकाकाे राम्रा काम राम्रो भन्न र नराम्रो कामकाे खुलेर सुझाव दिन समेत अध्यक्ष बाेहराले सुझाए । अन्तमा कार्यक्रममा सहभागिले राखेका गुनासाेकाे सामधान गर्ने र भाेलिका दिनमा पालिकालाई अझै परिस्कृत गरेर लाने प्रतिवद्धता जाहेर गरे । यात्रा मिडियाले कार्यक्रमकाे सहजिकरण गरेकाे थियाे ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट