२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे २८ औं वार्षिक साधारण सभा सुरु


  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ४८० पाठक संख्या
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन शुक्रबार सुरु भएको छ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतकाे प्रमुख अतिथ्यतामा भएको सभामा प्रतिनिधि सभा सदस्य माधव सापकाेटा, वाग्मती प्रदेश सदस्य कृष्ण कुमार तामाङ , जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

    सभामा नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरज कृष्ण वैद्य, वागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण श्रेष्ठ, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्की, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए।

    साधारण सभामा मन्तव्य राख्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले व्यवसायी
    हरुकाे लगानी सुनिश्चित नभए सम्म ब्यापार तथा उद्योग फस्टाउन नसक्ने हुँदा साे काे लागि सरकारले विशेष ध्यान दिनु पर्ने बताए ।
    तातोपानी नाकालाई पूर्ण रुपमा सन्चालनमा ल्याउन सरकारले कुटनैतिक पहल गर्नु पर्ने उनकाे भनाई थियाे । सिन्धुपाल्चोक पर्यटन र जलविद्युतका हिसावले निकै सम्भावना रहेकाले उद्योगी र व्यापारीहरुले यस तर्फ ध्यान दिनु पर्ने बताए ।

    सभामा मन्तव्य राख्दै संविधान सभा सदस्य माधव सापकाेटाले तातोपानी नाका सन्चालनकाे लागि लागिपरेकाे बताए । तातोपानी नाकालाई पूर्ण रुपमा सन्चालन नभए सम्म यसखालकाे पहल अदमीलाई निरन्तरता दिईरहने उनकाे भनाई थियाे । तातोपानी नाकालाई नियमित सन्चालनकाे लागि अरनिको राजमार्गकाे मर्मत सम्भारमाकाे लागि पहल गभईरहेकाे उनकाे भनाइ थियाे।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले देशमा उत्पादन गरि विदेशमा पैठारी गर्न सकिने सामाग्रीकाे उत्पादनका लागि साझेदारी गर्न तयार रहेकाे बताए ।

    देशकाे अर्थतन्त्रमा निजी क्षेत्रकाे ८६ प्रतिशत याेगदान भएको कुरालाई नभुल्न सरकार समक्ष आग्रह गरे ।सभाले संघका पूर्व अध्यक्ष बेदवहादुर श्रेष्ठ, पूर्व महासचिव यादव दाहाल, एसियाली तेक्वान्दाे युनियनवाट युवा समितिमा सदस्य भएका प्रेम  भण्डारी लगएत संघलाई उल्लेख्य सहयाेग गर्ने व्यवसायी र आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियाे ।

    सभा संघका अध्यक्ष हाेमबहादुर बस्नेतकाे अध्यक्षता तथा महासचिव शम्भु बहादुर तिमिल्सिनाकाे संचालनमा भएको थियाे ।

    नयाँ नेतृत्व चयनकाे लागि शनिवार निर्वाचन हुने छ । २४ सय  ८७ साधारण सदस्य र ७३ जना अजिवन सदस्सय मतदान प्रकृयामा भागलिने छन् । अधिवेशनवाट पदाधिकारी तथा सदस्य गरि २७ जना निर्वाचन हुनेछन् ।

    जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १ र १५ जना सदस्यकाे लागि निर्वाचन हुँदै छ । प्रथम उपाध्यक्ष, महासचिव ,तृतिय उपाध्यक्ष , सचिव , सह काेषाध्यक्ष र महिला सदस्य २ जना निर्विरोध निर्वाचित भईसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट