मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश प्रदान गर्नुभएको छ ।
बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएकाे हो ।
नयाँ वर्ष २०८२ काे उपलक्ष्यमा शुभकामना सन्देश प्रकाशित गर्नु हुँदै प्रदेश प्रमुख देवकाेटाले भन्नु भएकाे छ “नयाँ वर्ष भित्तेपात्रो फेरिने विषयमा मात्र सीमित नरही आम नेपालीको जीवनस्तर सुदृढ हुने गरी नेपालीको ओठमा मुस्कान लिएर आउनेछ भन्ने अभिलाषा लिएको छु।”
“यो वर्षले उत्साह र कर्मशीलता बोकेर हामी सबैलाई सभ्य र अनुशासित बनाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा दिने अपेक्षा राखेको छु” उहाँले सन्देशमा भन्नु भएकाे छ ।
देशलाई अस्थिरता र अन्तहीन द्वन्द्वको दिशामा धकेल्ने प्रवृत्ति र क्रियाकलापका विरुद्ध एकजुट हुन नयाँ वर्षले सबैलाई ऊर्जा गर्ने विश्वास उहाँले लिनुभएको छ ।
समयबाट सबैले पाठ सिक्दै, उद्यमशीलताको विकास गरेर परनिर्भरतालाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनु भएकोछ ।
विश्व परिवेशमा आएको उतारचढावले आत्मनिर्भर बन्न, स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएर आयातलाई कम गर्दै निर्यातमुखी अर्थतन्त्रको दिशामा अघि बढ्न मौका र चुनौती थपेको देवकोटाले उल्लेख गर्नु भएको छ ।
सकारात्मक सोच राखेर मात्र नहुने र यसको लागि सकारात्मक कार्य गर्नुपर्ने उहाँको भनाइ छ। “क्रिया अर्थात् सकारात्मक कार्यमा परिवर्तन नहुने सोच विष सरह हुन्छ” उहाँले शुभकामना सन्देशमा भन्नु भएकाे छ ।
वि.सं. २०८१ अब इतिहासको रूपमा रहेको सन्दर्भमा विगतका कमीकमजोरीलाई अन्तिम कमीकमजोरी ठानेर आ-आफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न सबैलाई वि.सं. २०८२ ले मार्गदर्शन गर्नेछ उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस