२०८१ चैत्र २५, सोमबार | Mon, 07, Apr, 2025

जालपादेवी माविकाे ५० औं वार्षिकोत्सब समाराेह सम्पन्न


  • न्युज कोशी
  • २०८१ फागुन १२, सोमबार मा प्रकाशित १ महिना अघि
  • २४७ पाठक संख्या
  • सिन्धुपाल्चोक । जालपादेवी मावि बलेफी- ४ विन्जेलकाे ५० औं वार्षिकोत्सब समाराेह सम्पन्न भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालकाे प्रमुख अतिथ्यतामा सम्पन्न समाराेहमा विद्यालयकाे स्वर्ण स्मारिकाकाे समेत बिमाेचन गरिएको थियाे ।

    २०३२ सालमा जगन्नाथ नेपाल, रामचन्द्र नेपाल,रुद्र नाथ नेपाल, मुक्तिनाथ तिमिल्सिना, जगन्नाथ नेपाल, बालकृष्णनेपाल, डेगनाथ तिमिल्सिना, सूर्यनाथा नेपाल र धन बहादुरसुवेदीको अगुवाइमा विद्यालय स्थापान भएको थियाे ।

    सभालाई सम्वाेधन सर्दै अध्यक्ष दाहालले शिक्षा विधेयक दुबै  सधनवाट छिट्टै पास भए संगै शिक्षा क्षेत्रकाे वृहत्तर सुधारकाे बाटाे खुल्ने बताउनु भयाे ।

     

    सभामा संविधानसभा  सदस्य माधव सापकाेटाले विद्यालय शिक्षामा सुधारकाे लागि प्रविधिक र व्यवहारिक शिक्षामा जाेड दिनु पर्नु पर्ने बताए । सभामा संविधानसभा सदस्य केशव नेपाल,  बागमती प्रदेश सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङले मन्तव्य राखेका थिए ।

    त्यसैगरी बलेफी गाउँपालिका पूर्व अध्यक्ष केदार क्षेत्री , नेपाली कांग्रेस बलेफी पालिका अध्यक्ष रामकुमार तामाङ र शिक्षा प्रेमी दीपकलाल पराजुली, शिक्षक गंगा प्रसाद पाैडेल  लगाएतकाले मन्तव्य राखेका थिए । सभामा विद्यालयलाई सहयाेग गर्नु हुने उप प्रधान संरक्षक, सह प्रधान संरक्षक, संरक्षक, अजिवन सदस्यलाई सम्मान गरिएको थियाे ।

    त्यसैगरी सभामा विद्यालयका सस्थापकहरु, पूर्व अध्यक्षहरु, पूर्व भवन निर्माण समितिका अध्यक्षहरु तथा उत्कृष्ट विद्यार्थी तथा शिक्षहरुलाई पुरस्कृत गरिएको थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पराजुलीकाे।अध्यक्षमा सभा भएको हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १५%२६%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट