२०८१ चैत्र २४, आईतबार | Sun, 06, Apr, 2025

सिन्धुपाल्चोक वारकाे अध्यक्षमा भुपेन्द्र थिङ निर्वाचित


  • न्युज कोशी
  • २०८१ फागुन १०, शनिबार मा प्रकाशित १ महिना अघि
  • २८६ पाठक संख्या
  • सिन्धुपाल्चोक । नेपाल वार एशाेसियसन , सिन्धुपाल्चोक जिल्ला अदालत वार इकाइकाे अध्यक्षमा भुपेन्द्र तामाङ थिङ निर्वाचित भएका छन् । उपाध्यक्षमा सुरज ढकाल, सचिवमा नानि लक्ष्मी थापा र काेषाध्यक्षमा प्रेमकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ढकाल र थापा निर्विरोध निर्वाचित भएका हुन् ।
    त्यसैगरी महिला समितिकाे संयाेजकमा सुनिता तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरुमा भने उद्वव अधिकारी, हरीप्रसाद सुवेदी, नवीन घिमिरे,ग्यालसाङ शेर्पा र माेहनराज गिरी निर्विराेध निर्वाचित भएका हुन् । केन्द्रीय प्रतिनिधिमा भने हरीबहादुर सुवेदी र विष्णुप्रसाद धिताल निर्विरोध निर्वाचित भएका छन् ।

    महिला समितिकाे सदस्यमा रिना तामाङ र अन्जना अर्याल निर्विराेध निर्वाचित भएका छन् । अध्यक्ष पदमा यज्ञप्रसाद दंगाल र भुपेन्द्र थिङकाे प्रतिष्पर्दा भएको थियाे । थिङले १३ मत पाएका थिए भने दंगालले १० मत पाएका थिए । १ मत भने वदर भएकाे प्रमुख निर्वाचन अधिकृत / जिल्ला न्यायधिवक्ता शान्ति प्रसाद शर्माले बताउनु भयाे । काेषाध्यक्षमा मधुकर मल्लकाे ९ र प्रेम कुमार श्रेष्ठले १५ मत पाएका थिए ।गत माघ ११ गते अधिवेशनकाे औपचारिक कार्यक्रम सकिएकाे भए पनि निर्वाचनकाे मिति भने एक महिना पर सरेकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट