२०८१ चैत्र २८, बिहिबार | Thu, 10, Apr, 2025

दार्हेगाैडामा बन्याे पानी  प्रशाेधन केन्द्र, मन्त्री यादवद्वारा उद्घाटन


  • २०८१ माघ २४, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २३४ पाठक संख्या
  • सिन्धुपाल्चोक ।  चाैतारा साँगाचाेकगढी नगरपालिकाका ४ वटा वडा लाई खानेपानी आपूर्ति गर्दै आईरहेकाे जुगल थालखर्क हाेल्चेकाे  खानेपानी प्रशाेधन केन्द्र तथा उपभोक्ता समिति काे नवनिर्मित भवनकाे उद्घाटन भएको छ । खानेपानी मन्त्री प्रदिप यादवले  बिहीबार उद्घाटन गर्नु भएको हाे ।

    चाैतारा दारेगाैडामा निर्मित प्लन्ट ६ कराेड २६ लाख लागतमा दुई वर्ष लगाएर  सगरमाथा मालिकादेवी निर्माण कम्पनीले निर्माण  सम्पन्न गरेकाे उपभोक्ता  समितिका सचिव श्यामकृष्ण श्रेष्ठले  बताउनु भयाे ।

    a

    प्रतिसेकेन्ड २५ लिटर पानी प्रशाेधन गर्न सक्ने गरि मेसिन जडान गरि प्लान्ट निर्माण गरिएको परियाेजना कार्यान्वयन गर्ने संघीय खानेपानी तथा ढल विकास आयाेजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले  जानकारी दिनु भयाे । धमिलो पानी फिल्टर गर्न मिल्ने गरि प्रविधिकाे प्रयाेग गरिएको  श्रेष्ठकाे भनाइ थियाे ।


    २४ कि.मि. लामाे पाईपलाईनवाट ल्याईएकाे खानेपानी ५४ सय घरमा पानी  आपूर्ति गरिएको काेषाध्यक्ष टंक कार्कीले बताउनु भयाे । संचालित परियाेजना बाट ३ वटा ट्याङ्की र ३ वटा च्याम्वरका साथै उपभोक्ता समितिकाे भवन समेत निर्माण सम्पन्न गरिएको कार्कीकाे भनाइ थियाे ।

    उद्घाटन समाराेहमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चाैताराका तत्कालीन डिभिजन प्रमुख अरुण सिम्खडा, वडा नं.६ का वडा अध्यक्ष ताेक बहादुर तामाङ, निर्माण कम्पनीका टंक दुलाल लगाएतकालाई सम्मान गरिएको थियाे । सभामा खानेपानी सचिव प्रमिला शाक्य, प्रमुख जिल्ला अधिकारी किरण थापा लगाएतकाले मन्तवय राख्नु भएको थियाे ।  मुल उपभोक्ता समितिका अध्यक्ष सुवास कर्मचार्यकाे अध्यक्षतामा सभा सम्पन्न भएको हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट