२०८१ चैत्र २५, सोमबार | Mon, 07, Apr, 2025

माघ २२ देखि २९ सम्म सञ्चालन हुने एचपिभी खाेपकाे सम्पूर्ण तयारी पुरा


  • न्युज कोशी
  • २०८१ माघ १५, मंगलबार मा प्रकाशित २ महिना अघि
  • २४३ पाठक संख्या
  • सिन्धुपाल्चोक । पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्धकाे एचपिभी खाेप माघ २२ देखि २९ सम्म   संचालन हुने भएको छ ।
    जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाईंका अनुसार ६ देखि १० कक्षामा अध्यक्ष गर्ने १ हजार ४ सय ६ जनालाई खाेप लगाईने छ । विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका ६२ बालिकालाई पनि खाेपमा समेटिने छ ।

    ४ सय ६ जना स्वास्थ्य कर्मी तथा स्वयंसेवकहरु खाेप केन्द्रमा परिचालित हुने छन् । खाेप सञ्चालन सम्वन्धि जिल्लाका १२ वटै पालिकामा अभिमुखि कार्यक्रम सकिएकाे बजगाईंले बताईन् । खाेप तथा खाेपजन्य सामग्री माघ २० गते सम्म सव सेनटरहरुमा पुगिसक्ने छ भने खाेप केन्द्र  सम्पूर्ण  तयारी पुराभएकाे जनस्वास्थ्य कार्यालयले जनाएकाे छ ।

    बलेफी गाउँपालिकाले गर्याे खाेप केन्द्र निर्धारण

    बलेफी गाउँपालिकाले गर्याे खाेप केन्द्र निर्धारण गरेकाे छ ।गाउँपालिकामा साेमवार भएको अभिमुखिकरण तथा पालिका स्तरीय खाेप समन्वय समितिकाे बैठकले केन्द्र निरधारण गरेकाे स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताए  ।

    • चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे अभिमुखिकरण :

    चाैतारा साँगाचाेकगढी नगरपालिकाले पनि खाेप समन्वय समिति तथा सराेकारवाला संग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । नगर प्रमुख कृष्णप्रसाद सापकाेटाकाे अध्यक्षतामा सम्पन्न बैठकले खाेप केन्द्र व्यवस्थित रुपमा सञ्चालन गरिने र लक्ष्यित समुदाय र उमेरका सबैलाई समेटिने गरि खाेप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरीले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट