सिन्धुपाल्चोक । ज्ञानमन्दिर नमुना मावि मेलचाैरकाे ४९ औं बार्सिक उत्सव समाराेह आईतवार सम्पन्न भएको छ ।चाैतारा साँगाचाेकगढी नगरपालिकका प्रमुख कृष्णप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न समाराेहमा विद्यालयबाट प्रकाशित ज्ञान बाटिका नामक स्मारिका बिमाेचन गरिएको थियाे ।
समाराेहकै अवसरमा बिद्यालय परिषरमा निर्माण सम्पन्न सरस्वती मन्दिर उद्घाटन प्रमुख अतिथि सापकाेटाले गरेका थिए । नगरपालिका र स्थानीयकाे सहयाेगमा मन्दिर निर्माण सम्पन्न भएको हाे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालकाे सभापतित्वमा सम्पन्न समाराेहमा बिद्यालयका पूर्व बिद्यार्थी नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष धुर्व दंगाल लगायत बिद्यालयकाे लागि सहयाेग गर्ने सहयाेगी दातालाई सम्मान गरिएको थियाे । विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद दंगालले विद्यालयकाे वार्षिक प्रतिवेदन पेश गरेका थिए
समाराेहमा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । नगरपालिका उपप्रमुख सीता थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस