सिन्धुपाल्चोक । ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियाेगिता नेपाल प्रहरी क्लवका पुरुष र महिला दुवै टाेली प्रथम हुन सफल भएको छ ।
सुकुटे करिडाेरमा सम्पन्न प्रतियाेगिता माघ १ गते दखि ५ गते सम्म सन्चालन भएको हाे ।
पुरुष तर्फ नेपाल प्रहरीका A का चन्द्र बहादुर कुवर र सफल बि.क., महिला टिम तर्फ नेपाल प्रहरी A कै मनिसा चाैधरी र कमला पुन छन् । उनिहरुले मेडल, ट्रफी र ५०/ ५० हजार नगद पुरस्कार हात पारेका छन् ।
प्रतियाेगितामा द्वितीय हुने पुरुष तर्फ नेपाल प्रहरी क्लवका B का बलिदान चाैधरी र रमेश बि.क. छन् भने महिला टिम नेपाल प्रहरी B कै कामना बिष्ट र पुनम चन्द छन् । उनिहरुले पनि २५/२५ हजार नगद पुरस्कार सहित मेडल तथ ट्रफी पाएका छन् ।
प्रतियाेगिताकाे तृतीय नेपाली शैनिक क्लव A का टिकाराज तामाङ र सूर्य परियार भएका छन् । महिला तर्फ भने सशस्त्र प्रहरी क्लवका निरुता थकुन्डा र नेविका चाैधरी भए । तृतीय हुने दुबईमा टिमले १५ हजारका दरले नगद , मेडल तथा ट्रफी प्राप्त गरेका छन् ।
प्रतियाेगिताका सान्त्वना सशस्त्र प्रहरी क्लव A का महेन्द्र श्रेष्ठ र राजकुमार निराैला भएका छन् भने महिला तर्फ सशस्त्र प्रहरी क्लव B का रस्मिता दुरा र जसना महत्व भएका छन् । सान्त्वना दुबै टिमले १० हजार नगद सहित मेडल तथा ट्रफी पाएका छन् ।
खेलकाे उत्कृष्ट खेलाडी नेपाल प्रहरीका कमला पुन र सफल बि.क. भएका छन् । विजयी खेलाडीलाई प्रमुख अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटा, उपप्रमुख सीता थापा, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, अरनिकाे यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री , भलिवल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र बहादुर चन्द,सुकुटे पर्यटन ब्यवसायी संघका अध्यक्ष महेन्द्र थापा र जिल्ला अध्यक्ष रमेश खड्का लगाएतकाले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस