सिन्धुपाल्चोक । ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय विच भलिवल प्रतियाेगिता मंगलवार देखि सुरु भएको छ । पूर्व प्रधाामन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले उद्घाटन गरेकाे प्रतियाेगितामा ६ प्रदेशका ३६ टिमकाे सहभागिता रहेकाे छ ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै दाहालले सुकुटे क्षेत्रलाई पर्यटकीय क्षेत्रकाे घाेषणा गर्न लागि पर्ने बताए । सिन्धुपाल्चोककाे जिल्लाकाे लाईफलाईनकाे रुपमा रहेकाे राष्ट्रकै महत्वपूर्ण नाका तातोपानी नाका खाेल्न आफु प्रधानमन्त्री हुदा पटक पटक चीनका राष्ट्रपति सिजिङ्पिङ सगं पहल गरे संगै नाका सुचारु भएको दाहालकाे भनाइ थियाे ।
वर्तमान सरकार अप्राकृत गठबन्दनकाे सरकार भएकाले लामाे समय नटिक्ने तर आफू भने सरकार ढाल्ने खेलमा भने नलाग्ने बताए । सरकार संसदवाट भाग्ने र अध्यादेशबाट देश चलाउन खाेज्ने कार्यमा लागेकाले यसाे नगर्न र अविलम्व संसद संचालन गर्न आग्रह समेत गरे ।
उद्घाटन सभामा प्रतिनिधि सभा सदस्य माधव सापकाेटा , बागमती प्रदेश सदस्य सरल सहयात्री पाैडेल, सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिना , सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा तथा जिल्ला भलिवल संघका अध्यक्ष रमेश खड्का लगाएतकाले मन्तव्य राखेका थिए। पर्यटकीय नगरी सुकुटेमा आयाेजना गरिएको प्रतियाेगिता माघ ५ गते सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस