२०८१ चैत्र २८, बिहिबार | Thu, 10, Apr, 2025

टुकी संघ सुनकाेशीकाे ११ औं अधिवेशन सम्पन्न


  • न्युज कोशी
  • २०८१ पौष २८, आईतबार मा प्रकाशित २ महिना अघि
  • ३०९ पाठक संख्या
  • सिन्धुपाल्चोक । जिल्लाकाे अग्रणी गैरसरकारी संस्था टुकी संघ सुनकाेशीकाे ३२ औं वार्षिक  साधारण सभा तथा ११ औं अधिवेशन आईतवार सम्पन्न भएको छ ।

    सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले माधव प्रसाद पाैडेलकाे अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध  तय गरेकाे छ । कार्यसमितिकाे  समितिकाे उपाध्यक्षमा रत्न कुमारी कार्की , सचिवमा सविना लामा, सह सचिवमा रुद्रध्वज कार्की र काेषाध्यक्षमा भूमिराज नेपाल निर्वाचित भएकाे संघका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद पाैडेलले बताए ।


    त्यसैगरी सदस्यहरुमा घ्याम्छाे लामा, पाेष्टबहादुर खड्का, हिरामायाँया तामाङ , सीता गुरुङ, तारा बाेहरा,रामबहादुर कार्की र मानकुमारी पाैडेल  निर्वाचित भएका छन् ।
    साधारण सभामा संविधान सभा सदस्य डाेल्मा तामाङ, प्रमुख जिल्ला अधिकारी किरण थापा, सुनकाेशी गाउँपालिका उपाध्यक्ष कान्छी लामाले मन्तव्य राखेका थिए ।

    त्यसैगरी सुनकाेशी गाउँपालिका  वडा नंं.६ का वडा अध्यक्ष चक्रबहादुर बस्नेत, ४ नम्बर वडा अध्यक्ष भाेजलाल श्रेष्ठ, गैसस महासंघकाे केन्द्रीय काेषाध्यक्ष  नानिमाया थापा, ग्रामीण विकास टुकी संघ दाेलखाका अध्यक्ष मकरध्वज पाख्रिन,गैरसरकारी संस्था महासंघका सिन्धुपाल्चोक सचिव राजु वि.क., सिडिईसिएफका उपाध्यक्ष ईश्वरी अधिकारी लगाएतकले मन्तव्य राखेका थिए ।

    सभाले टुकी संघकाे गत आ.व. काे २ कराेड ८० लाख ३४ हजार २७९ रुपियाँकाे आम्दानी खर्चकाे विवरण समेत पास गरेकाे छ । साथै आगामी आ.व. काे लागि ३ कराेड २२ लाख १७ हजारकाे बजेट प्रस्तावित गरेकाे संघका लेखा तथा प्रशासन अधिकृत बेलबहादुर कार्कीले बताए । संघका अध्यक्ष राजेन्द्र कुमार भण्डारीकाे अध्यक्षमा सभा सम्पन्न भएको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट