सिन्धुपाल्चोक । भाेटेकाेशी १ जलविद्युत आयाेजनाले चाकु बजार टाेल सुधार समितिलाई १० काेठे पक्कि भवन हस्तान्तरण गरेकाे छ । शुक्रबार भाेटेकाेशी गाउँपालिका अध्यक्ष पासाङ नाेर्वु शेर्पाकाे राेहवरमा आयाेजना प्रमुख उमेश पराजुलीले भवन हस्तान्तरण गरेकाे हुन् ।
समितिका अध्यक्ष साेमबारे शेर्पाले भवन बुझेका थिए। स्थानीयले टाेलसुधारका विभिन्न गतिविधि सन्चालन गर्न भवन माग गरेकाे थियाे । समितिकाे माग बमाेजिम २०८१ असाेज ६ गते भवन उपलब्ध गराउने आयाेजना र टाेल सुधार समिति विच सहमति भएको थियाे ।
आयाेजनाकाे सामाजिक दायित्व अन्तर्रगत स्थानीय सामुदायिक हितकाे निम्ति सहयाेग गरिएको आयाेजना प्रमुख उमेश पराजुलीले बताए । भवन प्राप्त संगै टाेलसुधार समितिका सदस्य फूर्पा शेर्पाले आयाेजनाले स्थानीयकाे आवश्यक मागलाई सम्वाेधन गरि भवन उपलब्ध गराएकाे खुसि व्यक्त गर्दै आयाेजनालाई धन्यवाद ज्ञापन गरे ।
त्यसैगरि आयाेजना निर्माणका क्रमम केहि स्थानीयकाे घर चर्किएको भन्ने गुनासाे आएकाे हुँदा साे काे क्षतिकाे एकिन गर्ने माघ महिना भित्र क्षतिपूर्तिको प्रकृया थालनी गर्ने समेत आयाेजना प्रमुख पराजुलीले बताए ।
सामाजिक दायित्व निर्वाह अन्तर्गतनै चाकु बजार सम्रक्षणकाे लागि प्लम ढलान तथा पुरानाे बजार जाने माेटरवाटाे निर्माणकाे लागि प्लम बाल निर्माण गरिएको र साे बाटाेकाे समेत ढलान गर्ने याेजना रहेकाे आयाेजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस