२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

बागमती प्रदेश प्रमुखद्वारा शुभकामना सन्देश प्रदान


  • न्युज कोशी
  • २०८१ मंसिर ३०, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ७७ पाठक संख्या
  • मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छन् ।

    प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरि नाचगान, आफन्त भेटघाट गरि हर्सोल्लासपूर्वक यो पर्व मनाउँछन् । मानिस पशुपञ्छी लेकबाट तल अर्थात उधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ ।  नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रूपमा मानेर धान्यपूर्णिमा पर्व मनाउँछन् ।
    उपत्यका लगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले बिशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सस्कृतिका धनी नेवारभित्रका  ज्यापू समुदायमा आफ्नो सस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाउने गरिन्छ ।
    चाडपर्व र परम्पराहरू अमुल्य निधि भएकोले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ ।

    “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जिवनका आधार हुन्” बिज्ञप्तिमा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट