काठमाडाैं । ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियाेगिता सुकुटेमा हुने भएको छ । प्रतियाेगिता आगामी माघ १ गते देखि ५ गते सम्म सिन्धुपाल्चोककाे पर्यटकीय नगरि सुकुटेमा हुन लागेकाे हाे ।
प्रतियाेगिता नेपाल भलिबल संघकाे संयाेजन तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिवल संघ सिन्धुपाल्चोककाे संयुक्त आयाेजनामा हुन लागेकाे सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिं थापाले जानकारी दिए।
राष्ट्रिय भलिबल संघका महासचिव राेशन श्रेष्ठका अनुसार ७ प्रदेशका एक पुरुष र एक महिला खेलाडी गरि १४ जना र विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक महिला र एक पुरुष गरी ६ जना खेलाडीको सहभागि हुने भएको छ ।
राष्ट्रिय भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश ५० हजार,२५ हजार, १५ हजार र १० हजारकाे नगद पुरस्कार तथा पदक प्रदान गराईने छ
साेमवार आयाेजक संस्पथाले पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन तथा सम्झौता कार्यक्रम गर्दै सुकुटेमा बीच भलिबल प्रतियोगिता बारे सार्वजनिक गरेको हो ।प्रतियोगिताका लागि नेपाल भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यबसायी संघबीच आज नै सम्झौता भएको छ ।
पर्यटकीय नगरी सुकुटेलाई खेल पर्यटनमार्फत थप पहिचान र प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास सिन्धु सुकुटे पर्यटन ब्यवसायी संघका सचिव कृष्णप्रसाद सापकाेटाकाे छ ।यसखालकाे खेलकुद प्रतियाेगितालाई निरन्तरता दिईने र जल पर्यटनले चिनिने सुकुटेलाईअब खेलकुदकाे माध्यमबाट पनि चिनाईने उपाध्यक्ष अन्जान खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस