सदरमुकाम चाैतारामा भवनका साथै कार्यालय परिषरमा स्थापना गरिएको ३ वटा प्रतिमाकाे समेत नेता थापाले अनावरण गरे ।महामानव विश्वश्वर प्रसाद काेइराला, पूर्व सभापति विकाश लामा र राेहिणी राज सिग्देलकाे प्रतिमा निर्माण गरिएको हाे ।
पार्टी कार्यालय निर्माणमा मुख्य भूमिका खेलेका विकाश लामा र भवन निर्माणमा निः शुल्क जग्गा प्रदान गरेवापत राेहिणिराज सिग्देलकाे प्रतिमा स्थापना गरिएको जिल्ला उप सभापति दाेर्जे लामाले बताए ।
उद्घाटन सभालाई सम्वाेधन गर्दै महामन्त्री थापाले काङ्ग्रेसमा बिभाजन हाेईन, एकताकाे खाचाे रहेकाे बताए । उनले पार्टी कार्यालय साझा चाैतारी भएकाले बाहिर बसेर बिराेध गर्ने हाेईन पार्टी र्कार्यालयकाे छहारी भित्र बसेर बिभादकाे समाधान खाेज्न सुझाए ।
सभामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरु रामहरी खतिवडा, अजयवाबु शिवाकोटी र नेपाली काङ्ग्रेस बागमती प्रदेशका वरिष्ठ नेता अर्जुननरसिं के.सी.लगाएतकाले मन्तव्य राखेका थिए ।
सभामा भवन निर्माण गर्न सहयाेग गर्ने दाताहरुलाई सम्मान समेत गरिएकाे थियाे । समाराेह सभापति जंगबहादुर लामाकाे अध्यक्षतामा भएको हाे ।
प्रतिक्रिया दिनुहोस